एनआरएन कान्तोले पठायो बाढी पिडितलाई राहत सहयोग

Posted on: August 14, 2017 | views: 225

टोकियो ।

एकसाता देखीको अबिरल बर्षा र भारतीय बाँधका कारण तराईका क्षेत्रमा आएको बाढीमा परि घरबार बिहिन बनेकाहरुलाई गैर आवासिय नेपाली संघ जापान कान्तो क्षेत्रिय समितिले आर्थिक सहयोग गरेको छ ।


कान्तो क्षेत्रीय समितिले आइतबार सम्पन्न ८ औ महाधिवेशनको क्रममा तराईको बाढी पीडित सहयोगार्थ उठाएको रकममा थप सहयोग रकम संकलन गरेर नेपाल पठाएको हो ।


‘बिपदमा सबै नेपाली जुट्यौं अनिवार्य मानवता र सद्भावका लागि सहकार्य’ भन्ने नारा सहित तराईका जिल्लामा बाढी पिडित सहयोगमा जुटेका धुर्मुस सुन्तली फाउण्डेनमार्फत सहयोग पठाएको हो ।


कान्तो समितिका अनुसार २ लाख ३‎१ हजार १ सय ५३ येन नेपाल पठाइएको हो ।


‎१) एनआरएनए जापानको आठौ महाधिवेशन हलबाट ८३, ‎१५३ एन 

२) एनआरएनए आईसिसि उपाध्यक्ष भवन भट्ट १००,००० एन

३) नबिन पन्त ३,००० एन

४) प्रदिप थापा ५,००० एन

५) पारसमणी पोख्रेल १०,००० एन 

६) एनआरएन कान्तो बाट  १०,००० एन 

७) भुसण घिमिरे २०,००० एन 


जम्मा रकम :-  २३‎१, १५३ एन