एनआरएनए जापान केन्द्रिय सदस्यमा २४ जनाको उम्मेद्धारी, यस्ताछन् उम्मेद्धारहरु

Posted on: August 07, 2017 | views: 704

टोकियो ।

गैर आवासिय नेपाली संघ जापानको ६ जना केन्द्रिय सदस्यमा २४ जनाले उम्मेद्धारी दिएका छन् ।


सन् २०१७ ०१९ को नेतृत्वका लागि भएको उम्मेद्धारी दर्तामा महिला तर्फको एक सहित ६ जना केन्द्रिय सदस्यमा २४ जनाको उम्मेद्धारी परेको हो ।


यसै बर्ष थपिएको वरिष्ठ उपाध्यक्ष र सह कोषाध्यक्षमा एक जनाको मात्र उम्मेद्धारी परेपछि दुवै पदमा निर्विरोध भएको छ ।


एनआरएनए जापानले प्रकाशित गरेको अन्तिम नामावली अनुसार महिला तर्फको एक जना केन्द्रिय सदस्यमा तीन जनाबिच प्रतिस्पर्धा हुने भएको छ ।


महिला सदस्यमा स्मृति आचार्य गिता, कमला गैरे र सृजना पाण्डेले उम्मेद्धारी दिएका छन् ।


यसैगरि बाँकी पाँच केन्द्रिय सदस्यमा २१ जनाले उम्मेद्धारी दिएका छन् । 


खुल्ला तर्फको केन्द्रिय सदस्यहरुमा उम्मेद्धारी दिएका सदस्यहरुमा

जगत बहादुर खड्का 'ज्याक'

विक्रम खत्री

बालकृष्ण कँडेल 'हिमाल'

सोमनाथ लम्साल

उत्तमकुमार श्रेष्ठ

कुमार कार्की

डिल्लीराम सिवाकोटी

नरेन्द्रराज सापकोटा

राजु पनेरु

सुरेश रेग्मी

दयाराम खरेल

नारायण खडका

अस्मिता लामा वाईवा

डिलाराम गैरे

चेतराम गैरे 'चेतन'

दिनेश लोहनी

हस्त लामा

राजनकुमार पौडेल

टिकाराम कँडेल

लालबहादुर रावल 'आशिष'

श्याम कँडेल 'गोपाल'


आठौं कार्यकालको लागि हुन लागेको निर्वाचनमा अध्यक्षको लागि टासी वाङ्दी लामा र अनुज थापाले उम्मेद्धारी दिएका छन् ।


दुई उपाध्यक्षको लागि क्षत्र बहादुर दाहाल, शिव प्रसाद पौडेल, जिवन न्यौपाने, सरोज कुमार खत्री र द्रोण प्रसाद सिलवालले उम्मेद्धारी दिएका छन् ।



यसै बर्षबाट छुट्याइएको एक मात्र महिला उपाध्यक्षमा सबिता श्रेष्ठ र अनिता गुरुङले उम्मेद्धारी दिएका छन् ।


महासचिवमा वर्तमान सचिव बुद्धिराज घिमिरेसँगै विशेश्वर रेग्मीले उम्मेद्धारी दिएका छन् ।


सचिवमा जनक विक्रम शाहि, वासुदेव लामिछाने र प्रकाश थापा तीन जनाले उम्मीदवारी दिएका छन् ।


कोषाध्यक्षमा कालिका थापा, प्रलादसिंह महत र महेन्द्र कुमार अधिकारीको उम्मेद्धारी परेको छ ।


यसै बर्ष थपिएको वरिष्ठ उपाध्यक्ष र सह कोषाध्यक्षमा एक जनाको मात्र उम्मेद्धारी परेपछि दुवै पदमा निर्विरोध भएको छ ।


एनआरएनए जापान अध्यक्षमा टासी र अनुजको उम्मेद्धारी, आईसिसि सदस्यमा उम्मेद्धार नै पुगेन

एनआरएनए जापानको सदस्यका उम्मेद्धार दयाराम भन्छन्-'केही दिन उम्मेद्धारी हो लिन होइन'

नेपालीका लागि रोजगारीमा सघाउँदै आएका डिल्लीरामद्धारा एनआरएन सदस्यमा उम्मेद्धारी घोषणा