यस्तो बन्दागोभी नखानुस् , ज्यानै जानसक्छ ?

Posted on: July 29, 2017 | views: 380

तरकारीमा, सलादमा, नुडल्स्मा, अचारमा मिसाएर खान सकिने बन्दागोभी कहिलेकाँही मृत्युको कारण बन्न सक्छ भन्दा पत्यार लाग्दैन तर, यो कुरा सत्य हो ।

वर्षायाममा बन्दागोभी खाँदै नखान सल्लाह दिन्छन् चिकित्सकहरु । पातको भित्रसम्म टेपवर्म किराहरु पस्ने, अण्डा पार्ने हुँनाले बन्दागोभी खाँदा टेपवर्म हाम्रो शरिरमा प्रवेश गर्ने र विभिन्न इन्फेक्शन हुने बताउँछन् विज्ञहरु ।

भारतको एम्स हस्पिटल, कम्यूनिटी मेडिसिन डिपार्टमेन्टका डा. सूर्याबालीले वर्षायाममा बन्दागोभीलाई तरकारी वा सलादको रुपमा खादा पेटमा जुका पर्ने, पखाला लाग्नेलगायतका रोग लाग्ने हुँनाले नखान सुझाव दिएका छन् । उनका अनुसार, वर्षायाममा हामीले देख्न नसक्ने गरी बन्दागोभीको पत्ता भित्रसम्म टेपवर्म नामक किरा हुन्छन, ती किराले अण्डा पारेको हामीले देख्दैनौं । राम्रोसँग नपखालेको वा राम्रोसँग नपाकेको तरकारी वा सलाद खादा टेपवर्म किरा सिधै हाम्रो पेट हुँदै ब्रेनसम्म जाने र विभिन्न प्रकार इन्फेक्शन हुने, ज्यान जाने गरेकाे तथ्य छ सूर्याबालीसँग ।

सामान्य तापक्रममा टेपवर्म मर्दैनन् । शरिरमा छिरेभने यी सिधै ब्रेनसम्म  गएर ज्यानै गएका घटना भएको हुनाले बन्दागोभी खान नहुँने बताएका छन् उनले । खानै परेपनि राम्रोसँग पखालेर र निकैबेर पकाएर मात्र खान मिल्ने भनेका छन् ।