किन हुन्छ बान्ता ?

Posted on: July 24, 2017 | views: 360

सबै उमेर समूहका मानिसलाई बान्त हुन्छ । तर, उमेर समूह अनुसार पनि विभिन्न कारणले वान्ता हुनसक्छ । उमेर समुहका आधारमा बच्चा जन्मेको २–३ महिनादेखि बान्ता गर्न सुरू गर्छ । बच्चाको माथिल्लो आन्द्राको भाग राम्रोसँग टालिएको हुँदैन् । त्यसैले धेरै दूध खुवाउँदा बान्ता हुने हुन्छ । यसका लागि बच्चालाई दूध खुवाउना साथ पिठ्यूमा ठाडो पारी राख्ने र पिठ्यूमा थमथमाउने गर्नुपर्छ । जसका कारण बच्चाले बान्ता गर्ने सम्भावना कम हुन्छ ।बच्चाको उमेर बढ्दै जादा १०–११ महिनाको हुँदा घस्रेर हिड्न थाल्छ । यो समयमा बच्चाले भुईमा जे भेटाएपनि मुखा हाल्ने हुन्छ जसका कारण इन्फेक्सन भई बान्ता हुने हुन्छ । यो उमेरमा बच्चाले भुईमा भेटाएका बस्तु खाँदा उसलाई भाइरस, व्याक्टेरीयाका कारण बान्ता हुने संभावना अधिक हुन्छ ।

उमेर बढ्दै जाँदा स्कुल जीवनमा केटा केटीहरुमा कुनै न कुनै इन्फेक्सनले गर्दा बान्ता हुन्छ । यो समयमा बढी मात्रामा अपचका कारण हुनसक्छ । खानामा व्याक्टेरीया इन्फेक्सनदेखि लिएर जंकफुट धेरै मात्रामा खाने हुँदा केमिकलका कारण पनि बान्ता हुन्छ ।

त्यसैगरी ठूला व्यक्तिहरुमा बान्ताको कारण एक्युट हुने गर्छ । यसको मुख्य कारण नै फुड प्वाइजीङ्ग हो । आजभोली बजारमा धेरैै बस्तु अखाद्य हुनाले गर्दा पनि फुड प्वाइजीङ्ग हुन सक्छ । कुनै अखाद्य बस्तुका माध्यामबाट कुनै पनि केमिकल पेट भित्र गयो भने पनि बान्ता हुन्छ । यी बाहेक पेटमा देखिने बिभिन्न समस्याका कारण पनि यस्तो अवस्था उत्पन्न हुनसक्छ । पेट दुखेर बान्ता भएमा इपेन्डीसाइटिस, युरीन इन्फेक्सन, मिगौलामा पत्थरीका कारणले हुन सक्छ । यदि आन्द्रा बटारियो भने आन्द्राको नियमित चालमा अवरोध सिर्जना भएर पनि बान्ता हुनसक्छ ।त्यसैगरी लिभरको समस्या, जन्डिस, देखिएमा पनि यस्तो हुनसक्छ । पेटमा भएको रोगको कारण आन्द्राको प्वाल सानो हुन गएमा खाएको खाना भित्र जान नसकि खाना खानासाथ बान्ता हुन्छ । यदि कुनै दुर्घटनामा परि टाउकोमा चोट पटक लागेमा, टाउकोमा रगत जम्न गएमा वा टाउको भित्रको प्रेसर बढेको छ भने, ब्रेन ट्यूमर आदिका कारण पनि बान्ता हुन्छ । सानो बच्चादेखि ठूलो व्यक्तिमा बान्ता हुने भनेको बिभिन्न रोगको कारणले हुन जान्छ । यदि बान्ता भयो भने के कारणले बान्ता भयो भन्ने पत्ता लगाउन जरुरी छ । सानो बच्चाले बान्ता नगरोस भन्नका लागि आमाले दूध खुवाउना साथ ठाडो पारी पिड्युमा राख्ने गर्नुपर्छ । त्यो भन्दा ठूलो बच्चाहरुमा इन्फेक्सन हुन नदिने, यदि ठूलो मानिसहरुमा बान्ता भयो भने के कारणले भयो भन्ने पक्ता लगाउनु पर्छ ।

यदि बान्ता भयो भने पानीको मात्रा शरीरमा बढाउने, जीवनजल जस्ता खान दिनुका साथै के कारणले भयो जान्न जरुरी छ । पखाला भन्दा बान्ता हुनु धेरै नै खतरा हुन्छ । यदि पाखाला भयो भने पानीको मात्रा शरीरमा बढाउन सकिन्छ तर बान्ता भयो भने जती पानी दिए पनि बान्ता हुने हुँदा शरीरमा पानीको मात्रा घट्न जान्छ । त्यसकारण बान्ता भयो भने घरमै प्राथमिक उपचार तर्फ लाग्नु भन्दा चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ ।गर्भावस्थामा बान्ता हुनु भनेको सामान्य अवस्था हो । यो हर्मोनको कारणले गर्दा हुन्छ र पछि आफै ठिक भएर जान्छ । यदि बान्ता धेरै हुने, महिलामा खानाको रुचि घट्दै गएमा कमजोरी भई आमा र बच्चा दुबैलाई असर गर्न सक्छ । त्यसकारण बढी बान्ता भई खाना रुचि घटेमा चिकित्सकको सल्लाह लिनुपर्छ ।