चिकित्सक नहुँदा जटिल प्रसूति सेवा ठप्प

Posted on: June 10, 2017 | views: 246

रोल्पा ।

जिल्ला अस्पताल रेउघा रोल्पामा जटिल प्रसूति सेवा ठप्प भएको छ । 


तालिम प्राप्त चिकित्सक  नहुँदा सेवा ठप्प हुन पुग्दा प्रसूति सेवा लिन आएका सेवाग्राही महङ्गो शुल्क तिरेर उपचारका लागि जिल्ला बाहिर जान बाध्य भएका छन् ।


जटिल प्रसूति सेवाका लागि भवनलगायत सम्पूर्ण पूर्वाधार रहे पनि चिकित्सकको अभावमा सेवा प्रभावित हुँदै आएको अस्पतालले जनाएको छ ।