डा. गोविन्द केसीको ११ औं आमरण अनसन आजबाट दाङमा, माग पुरा गराएरै छाड्ने अठोट

Posted on: May 27, 2017 | views: 573

दाङ । सरकारले यस अघिका सम्झौता कार्यन्वयन नगरेको भन्दै शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोबिन्द केसीले आजदेखी दाङको घोराहीमा आफ्नो एघारौं अनसन शुरु गर्न लाग्नु भएको छ । 

११औँ सनसनका लागि दाङ आइपुग्नुभएका डाक्टर गोविन्द केसीले आफ्ना माग पुरा गराएर मात्रै काठमाडौं फर्कने बताउनुभएको छ । सरकाले आफ्नो  तथा कार्यक्रमानै पहरेक बिकास क्षेत्रमा मेडिकल कलेज ५ बर्ष भित्र खोल्ने र पहिलो दाङमा स्थापना गर्ने उल्लेख भएको भन्दै डाक्टर केसीले उक्त कार्य अगाडी नबढेको र सरकार यसबिषयलाई बिषयान्तर गर्न खोजेको भन्दै दाङमा अनसन शुरु गर्न लागेको बताउनु भयो ।

विगतमा गरिएका सम्झौता कार्यान्वयन गर्नका लागि दवाव दिनका लागि दाङमा अनसन बस्न आइपुगेको र दाङमा मेडिकल कलेज स्थापना गर्ने विषयलाई प्रमुखताका साथ उठाएको बताएको डाक्टर केसीको भनाई छ ।

राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा अनसन बस्ने बताउनुभएका डाक्टर केसीले भन्नुभयो ‘ यसअघिका सहमतिमा दाङमा मेडिकल कलेज स्थापना गर्नुपर्ने उल्लेख भएको थियो, ‘दलका नेताहरुकै कारण सहमति कार्यान्वयन भएको छैन । अब सहमति कार्यान्वयन गराएरै काठमाडौं फर्कन्छु ।’

उहाँले आज साँझ ४ वजेदेखि आफ्नो एघारौं अनसन सुरु हुने बताउनुभयो ।