'हाम्रो डाक्टर'को शुभारम्भ, सफलताको शुभकामना

Posted on: May 02, 2016 | views: 372

६ चैत, काठमाडौं ।
स्वास्थ्य सेवा बारेको समाचार तथा सुचना र जानकारीहरुको अनलाईन 'हाम्रो डाक्टर'को आजबाट औपचारीक उद्घाटन गरिएको छ ।

स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच स्थापित गर्न अनलाइन, मोबाइल एप र यूट्यूव च्यानल सुरुवात गरेको अनलाईनको सञ्चारमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन् ।

नेपालमा पहिलो पटक स्वास्थ्य सम्बन्धि सम्पूर्ण सूचना, समाचार तथा सेवासहितको उपयोगी जानकारी एउटै अनलाईनबाट उपलब्ध गराउने आफुहरु पहिलो भएको अनलाईनका सम्पादक उद्धवराज भेटुवालले जानकारी दिनुभयो ।

अनलाईनमा नेपालभर स्थापित स्वास्थ्य संस्था, अस्पताल, चिकित्सक, क्लिनिक, एम्वुलेन्स सेवा, रक्तदाता, नेपालमा उत्पादित औषधिहरुको विवरण, रोग तथा उपचारबारे सम्पूर्ण सामाग्री समावेश गरिंदै लगिने बताइएको छ ।

पाठकले मोबाइलको एनरोइड एप तथा युट्युब एचडि च्यानलबाट पत्रपत्रिका, रेडियो तथा टेलिभिजनकोसमेत सेवा ‘हाम्रो डाक्टर डटकम’बाट सहजै पाउन सक्नेछन् ।

अनलाइनमा उपलब्ध सामाग्रीहरु एण्ड्रोइड तथा ओएस एप्लिकेशन र यूट्यूव एच.डि. च्यानलबाट नेपालभर स्थापित स्वास्थ्य संस्था, अस्पताल, चिकित्सक, क्लिनिक, एम्वुलेन्स सेवा, रक्तदाता, रोग तथा उपचारबारे सम्पूर्ण सामाग्री पाइन्छ ।

साथै बिरामीलाई औषधि सेवन समयबारे पर्याप्त जानकारी दिन मेडिसिन ट्रयाकिङको व्यवस्था पनि अनलाइनले गरेको बताइएको छ ।

स्वास्थ्य क्षेत्रका विज्ञ सहितको समुह सहभागी अनलाईन सञ्चालन भएबाट नागरिकले स्वास्थ्य सम्बन्धि सम्पूर्ण जिज्ञासा यस अनलाईनबाट पाउने अपेक्षा गरिएको छ ।


व्यवसायिक पत्रकारिताको क्षेत्रमा सफल व्यक्तित्वहरुको समूहबाट नेपालमा पहिलो पटक स्वास्थ्य सम्बन्धि सम्पूर्ण सूचना, समाचार तथा सेवासहितको उपयोगी जानकारी एउटै क्लिकबाट उपलब्ध गराउने पहिलो अनलाइनको रुपमा सुरुवात भएको हाम्रो डाक्टर समुह र अनलाईनको टपनेपालन्युजडटकम परिवार सफलताको सुभकामना व्यक्त गर्दछ ।

Photo:hamrodoctor