महंगी नियन्त्रण गर्न सरकारले औषधी आफै किन्ने, आफै बेच्ने

Posted on: May 13, 2017 | views: 366

काठमाडौं ।

औषधीमा व्यापारिहरुले सयौं गुणा नाफा लिएको भेटिएपछि सरकारले औषधी आफै किनेर आफै बेच्ने भएको छ । 

विदेशी कम्पनीबाट किन्नु पर्ने औषधीहरु सरकारले सिधै उनीहरुसँग किन्ने र सरकारी अस्पतालका फार्मेसीबाट बेच्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वको सुझाव समितिले दिएको सिफारिसका आधारमा यसरी औषधी बेच्दा ५० प्रतिशत सम्म सस्तो पर्न सक्ने देखिएको छ । 

सुझाव समितिले आत्मनिर्भर हुन सकिने औषधीहरुमा स्वदेशी उद्योगकै औषधी प्रयोग गर्न दिएको सुझावलाई पनि कार्यान्यन गर्ने निर्णय भएको स्वास्थ्य मन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो । 

उहाँले स्वदेशी औषधीहरुलाई प्राथमिकता दिदाँ औषधीको मुल्य सस्तो हुनु पर्ने, पर्याप्त गुणस्तरको हुनु पर्ने र नेपाली उद्योगहरुको सिन्डीकेट तथा एकाधिकार हुन नदिने तर्फ पनि मन्त्रालय सचेत रहेको बताउनु भयो । 

अहिले सम्म स्वदेशी कतिपय औषधीहरु विदेशी भन्दा महंगो हुने गरेकोमा सवैतिर स्वदेशी नै प्रयोग गर्न थालेपछि खपत बढेर स्वदेशीपनि सस्तो हुने मन्त्रालयको विश्वास छ । 

सुझाव समितिले नेपाली बजारमा बिक्री हुँदै आएका औषधिहरु २२ सय प्रतिशतसम्म बढी मुल्य राखेर विक्रि गर्ने गरेको पत्ता लगाएको छ । 

क्यान्सर, मिगौला लगायत कडा रोगका औषधिहरु उच्च मूल्यमा बेच्ने गरेको समितिले जनाएको छ । 

समितिले औषधिको मनलाग्दी मूल्य लिएको फेला पारेपछि स्वास्थ्य मन्त्री थापाको प्रस्ताव अनुसार औषधिको मूल्य निर्धारण गनै र सुपथ मुल्यमा सरकारले खरिद बिक्रिबितरण गर्न मन्त्रिपरिषद्ले सार्वजनिक खरिद व्यवस्थापन कार्यालयका सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको प्रतिनिध रहने उच्च स्तरीय समिति गठन गरेको छ ।

मन्त्रीपरिषद्ले सोमबार गठन गरेको समितिले औषधिको मुल्य घटाउन र औषधिको विक्रिवितरणमा रहेका विकृति हटाउन सहयोग पुग्ने मन्त्री थापाले विश्वास व्यक्त गर्नुभयो ।

समितिले कसरी उपभोक्तालाई सस्तोमा गुणस्तरीय औषधि उपलब्ध गराउन सकिन्छ भन्ने सुझाव सरकारलाई पेश गर्ने उहाँले बताउनु भयो । साथै, नागरिकलाई आवश्यक पर्ने महँगा औषधिलाई सरकारले सस्तोदरमा अन्तर्राष्ट्रिय बजारबाट सोझै खरिद गरी अस्पताल फार्मेसीबाट बिक्री–वितरण गर्न सक्ने व्यवस्थाका विषयमा पनि सुझाव दिने समितिको कार्यक्षेत्र तोकिएको छ ।

नेपाल सरकारको कुनै निकाय मार्फत अन्तर्राष्ट्रिय उत्पादकसँग सुपथ मूल्यमा सोझै औषधी खरिद गर्ने मन्त्रालयको योजना छ । मन्त्री थापाले मन्त्रिपरिषदमा लगेको प्रस्तावमा भनिएको छ, “आमनागरिकलाई अत्यावश्यक महँगा औषधिहरु सबै सरकारी अस्पतालमा सञ्चालित अस्पताल फार्मेसीबाट बिक्री–वितरण गर्न सक्ने व्यवस्थाका लागि उच्चस्तरीय अध्ययन तथा सुझाव समिति बनाउन अनुरोध गर्दछु ।”

नेपालमा आधुनिक औषधिको उत्पादन निजिस्तरमा केमि ड्रग प्रा.लि.को बि. सं. २०२६ सालमा स्थापना सँगसँगै शुरु भएको हो भने बि.सं.२०२९ सालमा नेपाल औषधि लिमिटेडको स्थापना भई औषधि उत्पादन कार्यमा सुरु गरिएको थियो । 

नेपालमा अहिले ४९ वटा आधुनिक मानवका औषधि उद्योग, ८ वटा पशुपंक्षी औषधि उद्योग र ७३ वटा आयुर्वेदिक औषधि उद्योग संचालनमा छन् । आयाततर्फ २९४ आधुनिक मानवका औषधि उद्योग, १३ बटा पशुपंक्षी औषधि उद्योग र ३४ वटा आयुर्वेेदिक औषधि उद्योग दर्ता रहेका छन् । गत आ. ब. २०७२÷७३ को औषधि उत्पादन र आयातको तथ्याङ्क हेर्दा नेपाली उत्पादनको बजार हिस्सा ४६%, भारतीय उत्पादनको ५२% र अन्य मुलुकको २% रहेको प्रतिवेदनमा उल्लेख छ । 


नेपाली औषधि उद्योगहरुमा विभिन्न बनाबटका औषधिहरु उत्पादनको लागि जडित मेसिनरी तथा औजारहरु अन्तर्राष्ट्रिय स्तरमा स्विकरिएका प्रविधिमा आधारित छन् । हाल नेपाली औषधि उद्योगहरुको चक्की बनावटको लागि जडित क्षमताको (८ घण्टा प्रति दिन) जम्मा ५५ देखि ५८% मात्र प्रयोगमा रहेको आँकलन गरिएको छ । त्यस्तै क्याप्सुल, झोल र मलम बनावटमा क्रमशः ४०%, ३५% र ५०% जडित क्षमता प्रयोगमा रहेको छ । यस अर्थमा एक भन्दा बढी सिप्mट उत्पादन कार्य गर्ने हो भन्ने उल्लेखित बनावटका औषधिहरु स्वदेशमै उत्पादन गर्न पर्याप्त रहेको देखिन्छ । साथै अन्य ४ देखि ५ वटा औषधि उद्योगहरु २ बर्षको बीचमा थपिने क्रममा समेत छन् । आ. ब. २०७२÷७३ को औषधि उत्पादन र आयातको तथ्याङ्क हेर्दा नेपाली उत्पादनको बजार ४६% रहेको देखिन्छ । मुलतः चक्की, क्याप्सुल, झोल, मलम र पउडर बनावटका औषधिहरु उत्पादन भएको पाईन्छ र केही उद्योग सुईजन्य बनावटको उत्पादनमा समेत लागेका छन् । एउटा उद्योगले पशुपंछिको लागि भ्याक्सिन उत्पादन गरी बजारजाने अन्तिम चरणमा रहेको छ ।


५.औषधि उद्योग क्षेत्रको तुलनात्मक लाभ र प्रतिस्पर्धा

नेपाली औषधि उद्योगबाट उत्पादित औषधिहरु आमरुपमा चिकित्सक तथा उपभोक्ता वर्गको रोजाईमा पर्दै गएको पाईन्छ । विशेषत चक्कि, क्याप्सुल, झोल र मलम बनावटका औषधिको बजार उपस्थिति प्रतिस्पर्धी रहेको पाईन्छ । मुख्यरुपमा भारतीय उत्पादकका औषधिहरु नै नेपाली औषधिका प्रतिस्पर्धी रहने गरेको पाईन्छ । नेपालको औद्योगीकरणको अनुभव र औषधि क्षेत्रले निर्माण गरेको पहिचानले प्रतिस्पर्धामा क्रमशः सक्षम हुँदै गएको भएता पनि अन्तरनिहित कारकले गर्दा तुलनात्मक लाभको क्षेत्रको पहिचान भने हुन सकेको छैन । उत्पादन क्षमता, बजार आयतन, राष्ट्रिय अर्थतन्त्र, वैयक्तिक आय, स्वास्थ्यमा राज्यको लगानी, व्यापार सन्तुलन, कच्चा पदार्थको उपलब्धता, प्रविधि, मुद्राको स्थायित्व आदि कारकहरुले तुलनात्मकता निर्धारण हुने हँुदा औषधि क्षेत्र लाभको क्षेत्र भएर पनि अन्य मुलुकमा उत्पादन हुने औषधिसँग प्रतिस्पर्धाको स्थितिमा रहेको छ । 

नेपाली औषधि उद्योगहरुले गुणस्तर संरचना निर्माण गर्दै औषधि उत्पादन र गुणस्तर नियन्त्रणमा अन्तर्राष्ट्रिय व्यवहारलाई आत्मसात र अभ्यास गर्दै अघि बढिरहेको अवस्था छ । नेपाली उद्योगहरु तुलनात्मक रुपमा साना तथा मझौला आकारका हुनेहुँदा यिनीहरुमा जोखिम वहन गर्नेसक्ने क्षमता पनि कम नै रहने हुन्छ । तसर्थ यिनीहरु बजार सुनिश्चित भएको अवस्थामा मात्र उत्पादनमा लगानी बढाउन सक्छन् । यस्ता उद्योगहरुलाई औषधि उत्पादनमा नवीन काम गर्न चाहिने साधन, प्रविधि एवं च्७म् मा लगानी गर्नसक्ने अवस्थामा पुग्न थप प्रोत्साहनको आवश्यकता छ ।  

६.प्रवद्र्घनका नीति एवं अपेक्षित हस्तक्षेप

तुलनात्मक रुपमा सुरक्षित र नेपालमा उपलब्ध औषधि उत्पादन र गुणस्तर नियन्त्रणको प्रविधिले सम्भव भएका औषधिहरु नेपालमा नै उत्पादन हुने अवस्थालाई दिगो गराउने नीतिको आवश्यकता देखिन्छ । औषधिको प्याकिङ सामग्री आयातमा समेत ठूलो रकम बाहिरिने देखिएकोले त्यस्ता पदार्थको नेपालमा नै उत्पादन हुनको लागि सहजीकरण तथा यथोचित छुटको व्यवस्था हुन जरुरी छ । प्रविधि विकास तथा हस्तान्तरणलाई बढावा दिन बहुराष्ट्रिय र विदेशी कम्पनीले स्वदेशी औषधि उत्पादनसंग संयुक्त लागानीमा औषधि उत्पादन गरि निर्यात हुने अवस्था सृजना हुने नीतिको आवश्यकता देखिन्छ । स्वदेशी औषधि उत्पादनको प्रवद्र्घनका लागि निम्न नीति एवं हस्तक्षेप आवश्यकता देखिएको छ ः

१. स्वदेशी उत्पादनको प्रवद्र्घनका लागि सहुलियतपूर्ण व्यवस्था लागू गर्ने ।

२. स्वदेशी उत्पादनको उपयोग गर्ने नीति प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।

३. उत्पादन लागतमा कमी ल्याउन विशेष औद्योगिक क्षेत्रहरुमा उद्योग खोल्न प्रोत्साहित गर्ने ।

४. न्यून ब्याज दरमा सरल कर्जा प्रवाहको व्यवस्था गर्ने ।

५. सुचना प्रणालीको विकास गरी उद्योगको पहँुचमा ल्याउने ।

६. औषधि व्यवस्था विभागलाई नियमन कार्यमा सबल सुदृढीकरण गर्नेे ।

७. औषधिको अनुसन्धान, विकास, उत्पादन, बिक्रिवितरणमा कुशल अभ्यासको अनुसरण गर्ने ।

८. औषधिको अनुसन्धान र विकासमा सहुलियत उपलब्ध गराई नयाँ प्रविधिको विकास, उपयोगमा प्रोत्साहन गर्ने ।

९.बहुराष्ट्रिय र विदेशी कम्पनीले स्वदेशी औषधि उत्पादनसंग संयुक्त लागानीमा औषधि उत्पादन गरी आन्तरिक खपत र निर्यातमा प्रोत्सान गर्ने ।

राज्यले दिने सहुलियतहरु जोखिम वहन गर्नसक्ने क्षमता बढोस र स्थानीय जनशक्तिको उपयोग गरी नयाँँ अनुसन्धानमा खर्च गर्न सक्ने अवस्थामा पुगुन भन्ने उद्देश्यका साथ हुनुपर्छ । सुविधाहरु उद्योग र मुलुकको औद्योगिक विकासका लागि हुनुपर्छ । राज्यबाट प्राप्त हुने सुविधा अनुसन्धान तथा विकासमा   लगाई पूँजी निर्माण गर्दै समग्र राष्ट्रले त्यसबाट फाईदा लिन सक्नु पर्छ ।

७. सुझावहरु

नेपाली औषधि उद्योगको प्रवद्र्घनका लागि सामर्थ र योगदानमा आधारित छुटहरुको व्यवस्था प्रयोगात्मक हिसाबले लागू गरी त्यसको असर हेर्न जरुरी देखिन्छ । विशेषतः स्वदेशी मागलाई प्रतिस्पर्धात्मक ढंगले पुर्ति गर्ने र निर्यात प्रबद्र्धनका लागि समेत दिर्घकालीन परिमाणमुखी नीति अख्तियार हुन जरुरी छ । जसका लागि देहाय बमोजिमको सुझावहरु रहेका छन् ।

(क) यदि कुनै औषधि उद्योगले औषधि उत्पादनको लागि आवश्यक क्ष्लतभचmभमष्बतभ एचयमगअत उत्पादन गरि विदेश निर्यात गर्ने भएमा कच्चा पदार्थहरुमा छुट दिई आय कर तथा अन्य कम्पनी करमा छुट दिने नीति अबलम्बन गर्नु पर्ने र यसले सकारात्मक नतिजा ल्याएमा यसलाई बढावा दिँदै जाने ।

(ख) औषधि उद्योगको लागि देशको निश्चित ठाँउमा औद्योगिक क्षेत्र घोषणा गरि आवश्यक पानी, विजुली, र ढुवानीको पुर्वाधार उपलब्ध गराउने र त्यस्ता ठाँउमा औषधि उद्योग स्थापना भई संचालन भएमा दश बर्षसम्म निश्चित कर छुटको व्यवस्था गर्ने ।

(ग) उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय, स्वास्थ्य मन्त्रालयको सामुहिक जवाफदेहिता रहने गरि औषधि उद्योगको प्रवद्र्घनका लागि विज्ञ सहितको एक स्थायी समितिको व्यवस्था गर्ने । यो समितिले औषधि क्षेत्रको आर्थिक, प्राविधिक एवं विकास प्रवृत्तिलाई अध्ययन एवं मुल्याँकन गरि तुलनात्मक लाभका औषधि वा वनावटको पहिचान गरि नेपाल सरकारलाई सिफारिस गर्नेछ ।

(घ) नेपालमा विद्यमान रहेका दीर्घ रोगको अवस्था र प्रवृत्ति हेरी केही निश्चित दीर्घ रोगमा प्रयोग हुने औषधि उत्पादन गर्ने औषधि उत्पादकलाई थप छुटको व्यवस्था गर्ने ।

(ङ) नेपालमा बिक्रिवितरण हुने औषधिको लागि नेपाली लेवलको अनिवार्य व्यवस्थाको दायरा बर्षेनी फराकिलो बनाउँदै लागु गर्दै जाने, नेपालमै माग पुरा हुने गरी उत्पादन हुन सक्ने औषधिको हकमा त्यो अवस्था तुरुन्त लागु गर्ने ।

(च) नेपालमा नै औषधि उत्पादनको लागि आवश्यक कच्चा पदार्थ उत्पादन गर्ने उद्योगलाई आकर्षक छुट सहित प्रोत्साहन गर्ने ।

(छ) नेपालमा उपलब्ध जडिबुटीमा आधारित आधुनिक बनाबटका हर्बल औषधि, औषधिजन्य खाद्यपूरक वा स्वास्थ्य प्रबर्धकको उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्ने ।

(ज) नेपालमा औषधिको लागि प्याकेजिङ सामान उत्पादन गर्ने उद्योगलाई आवश्यक मेसिन औजारको आयातमा लाग्ने महशुलमा सहुलियत दिई कच्चा पदार्थ आयातमा समेत छुट दिने । तर नेपालमा उत्पादन भएका वस्तुहरुको संरक्षणका लागि  आयात हुने प्याकेजिङ सामानको महसुलमा वृद्घि गर्ने वा मनासिव छुट मात्र उपलब्ध गराउने ।

(झ) नेपाली औषधि उद्योगलाई बार्षिक आयको निश्चित प्रतिशत खोज तथा अनुसन्धानमा अनिवार्य खर्चनु पर्ने व्यवस्था गर्ने र आम्दानीको निश्चित रकम सामाजिक उत्तरदायित्व स्वरुप स्वास्थ्यका राष्ट्रिय लक्ष्यसँग मेल खाने क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था अवलम्वन गर्ने ।

(ञ) औषधि बिक्रि वितरणका तहहरु छरितो र थोरै बनाउन प्रोत्साहन गर्ने तथा नैतिक बजार तथा बिक्रि प्रर्बधनलाई प्रोत्साहन गर्ने ।

(ट) अत्याधुनिक प्रविधिमा आधारित औषधि उत्पादनको लागि  बाहिरी उत्पादकसंगको संयुक्त लगानी वा प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्न आकर्षक सहुलियत प्रदान गर्ने ।

(ठ) अत्यावश्यक औषधिको सूचिमा रहेका वा नेपाल सरकारले खरिद गर्ने निःशुल्क औषधिहरु सम्भव भएसम्म नेपाली औषधि उत्पादकसंग मूल्य सम्झौता गरि बार्षिक रुपमा खरिद गर्ने व्यवस्था मिलाउने अथवा यस्ता औषधिहरु भरसक नेपाली औषधि उत्पादकहरु मध्येवाट प्रतिस्पर्धा गराएर खरिद गर्ने व्यवस्था गर्ने ।

(ड) अन्तर्राष्ट्रिय रुपमा एबतभलत मा रहेका तर नेपालका औषधि उद्योगको प्राविधिक क्षमताले सम्भव हुने औषधिलाई स्वदेशी औषधि उद्योगबाट उत्पादन हुने व्यवस्था गर्ने । यस्ता औषधि स्वदेशी उद्योगमा नै उत्पादन हुन सक्ने गरी करार उत्पादनको प्रावधानलाई बढावा दिने ।

ढ) औषधि उत्पादनलाई बढावा दिन बंैकहरुमा प्रविधि कोष को व्यवस्था गरि सरल कर्जा सुविधा उपलब्ध गराउने ।

ण) औषधिको कुशल नियमनको रणनीति अवलम्वन गरि स्वदेशी उत्पादनको गुणस्तरीयताको प्रत्याभूति दिलाउने । यसका लागि औषधि व्यवस्था विभागको संगठन संरचनाको यथोचित स्तरोन्नती गर्ने र नियमनमा कार्यरत कर्मचारीको ज्ञान एवं सीप विकासमा लगानी बढाउँदै सक्षम नियामक निकायको रुपमा विकास गर्ने ।

त) स्वदेशमा नै दक्ष प्राविधिकको उत्पादन एव प्रवद्र्घन गरी आवश्यक जनशक्ति आपूर्ति गर्ने ।

थ) नेपालमा औषधि विक्रि वितरण गर्ने सबै कम्पनीहरुको आधिकारिक कार्यालय नेपालमा हुनुपर्ने तथा त्यस्ता कम्पनीको प्रतिनिधिहरु औषधि व्यवस्था विभाग वा कानूनी प्रत्रृmयामा आवश्यक परेको अवस्थामा उपलब्ध हुनैपर्ने व्यवस्था मिलाउने ।

द) नेपाल सरकारबाट उपलब्ध गराईने विभिन्न छूट, सहुलियत वा सुविधा सम्बन्धित उत्पादकले राष्ट्रिय अर्थतन्त्रमा पुर्याउने योगदान मुख्यतया, आयात प्रतिस्थापन, रोजगारी, राजस्व, सहज आपूर्ति लगायतका आधारमा मात्र उपलब्ध गराउने ।

ध) पब्लिक लिमिटेड कम्पनिको रुपमा स्थापना भई नेपाल धितोपत्र बोर्डमा सूचिकृत नेपाली औषधिहरुलाई सरकारी औषधि खरिदमा विशेष प्राथमिकता दिने नीति अवलम्बन गर्ने ।

न) औषधि व्यवस्था विभागलाई साधन, स्रोत र जनशक्तिमा सुदृढीकरण गरी छिटो छरितो र पारदर्शी कार्य सम्पादनमा अग्रसर गराउने ।

प)स्वदेशी तथा आयातित औषधिहरुको दर्ता संख्या, तुलनात्मक रुपमा सुरक्षित, नेपाली औषधि उद्योगहरुको जडित प्रविधि र नेपाल सरकार ( सचिव स्तर)को मिति २०७१ । ०२ । २६ को निर्णयानुसार २०७१ साल श्रावण १ देखि लागू भएको औषधि पैठारी सम्बन्धी प्रावधान अनुसार न्ःए ऋयmउष्बिलअभ ब्गमष्त पश्चात दर्ता गर्ने सूचिमा रहेका औषधिहरुको दर्ताको लागि दरखास्त पर्न नआएको सन्दर्भ समेतलाई मध्यनजर गर्दै अनुसूचि १ मा उल्लेखित औषधिहरुको कच्चा पदार्थमात्र पैठारी गर्न अनुमति दिने नीति अवलम्बन गर्ने । कुनै विदेशी औषधि उद्योगले उल्लेखित औषधिहरु नेपालमा बजारीकरण गर्न चाहेमा नेपाली औषधि उद्योगसंग करारमा औषधि उत्पादन गर्न अनुमति दिने ।


८. संलग्नश्रोतहरु

ड्ड राष्ट्रिय औषधि नीति २०५१

ड्ड राष्ट्रिय स्वास्थ्य नीति २०७१

ड्ड ःभमष्अष्लभ च्भनष्कतचबतष्यल न्गष्मबलअभ द्दण्ठघ

ड्ड ब्एएइल् चभउयचत



सुझाव समितिका सदस्यहरु

१.श्री नारायण प्रसाद ढकाल संयोजक

२.श्री बासु शर्मा पौडेल, उप सचिव, अर्थ मन्त्रालय सदस्य

३. श्री तर्कराज भट्ट, उप सचिव, वाणिज्य मन्त्रालय सदस्य

४.श्री विजया लक्ष्मी श्रेष्ठ, औषधि व्यवस्थापक, स्वास्थ्य मन्त्रालय सदस्य

५. डा. विश्व पौडेल, काठमाण्डौं विश्वबिद्यालय सदस्य

६.श्री दिपक दहाल, नेपाल औषधि उत्पादक संघ आमन्त्रित सदस्य

७. प्रतिनिधि, नेपाल औषधि व्यवसायी संघ आमन्त्रित सदस्य

८.श्री सन्तोष के.सी. सदस्य सचिव