औषधि पसल अनुगमन गर्न जनशक्ति भएन, औषधि बोलपत्रमा नेपाली कम्पनी पन्छिए

Posted on: October 17, 2016 | views: 342

१ कार्तिक, काठमाडौं ।
औषधि व्यवस्था विभागले काठमाडौँ, पोखरा, नेपालगन्ज र विराटनगरजस्ता ठूला सहरका सबै फार्मेसी 'औषधि पसल'को अनुगमन थाल्ने भएको छ ।

सुरुमा पहिलो चरणमा ती चार सहरमा रहेका औषधि पसलको अनुगमन गरी यस्ता पसल दर्ता, नबकिरण औषधिका मूल्यलगायत औषधि ऐनले निर्दिष्ट गरेका विषयको अनुगमन गर्न विभागले गृहकार्य थालेको हो ।

देशभर कति औषधि पसल सञ्चालनमा छन्, तीमध्ये कति दर्ता भई र कति दर्ता नगरी सञ्चालित छन् भन्ने यकिन विवरण विभागसँग छ्रैन ।

विभागमा मुलुकभरका करिब २० हजार औषधि पसलमात्र दर्ता रहेका छन् । यो सङ्ख्याभन्दा वढी बिना दर्ता त्यस्ता पसल सञ्चालित छन् ।

आयुर्वेदिक औषधि पसलको भने अहिलेसम्म विभागले अनुगमन गर्न सकेको छैन ।


स्वदेशी औषधि उत्पादकले बोलपत्र हालेनन्

स्वास्थ्य मन्त्रालयले निःशुल्क औषधि वितरणका लागि आह्वान गरेको बोलपत्रमा स्वदेशी औषधि उत्पादक कम्पनीले बोलपत्र हालेनन् ।

मन्त्रालयले इतिहासमा नै पहिलोपटक गत असोज महिनामा बोलपत्र आह्वान गरेको थियो । मन्त्रालयले आफ्ना मातहतका स्वास्थ्य संस्थाबाट वितरण गर्ने विभिन्न ७० प्रकारका औषधिका लागि बोलपत्र आह्वान गरेको थियो ।

मन्त्रालयको उच्च स्रोतका अनुसार विदेशी औषधि उत्पादन कम्पनीले मात्र बोलपत्र हालेका छन् ।

स्वास्थ्यमन्त्री गगन थापाले “मन्त्रालयले औषधिका लागि आह्वान गरेको बोलपत्रमा स्वदेशी औषधि उत्पादन कम्पनीले बोलपत्र दर्ता गराएको पुष्टी गर्नु भयो ।