औषधि उद्योगीहरु कालोबजारीमा लागेको खुलाशा

Posted on: May 03, 2016 | views: 279

२३ फागुन, काठमाडौं ।
औषधि उद्योगीहरु कालो बजारीमा लागेको खुलाशा भएको छ । बैशाख १२ गतेको भूकम्प र त्यसपछि भारतले लगाएको नाकाबन्दीको असहज अवस्थामा औषधि व्यापारी भने कालोबजारीमा लागेको पाइएको हो ।

गत साउन ८ गते सरकारले औषधिको मुल्य पारदर्शी बनाउन ७० प्रकारका औषधि मुल्य निर्धारण गरेपनि औषधि उद्योगहरुले औषधिको मूल्य बढाएर खुलेआम बिक्री गरेको तथ्य सार्वजनिक भएको छ ।

औषधि जस्तो सवेदनशील बस्तुमा औषधि उद्यमी, उत्पादक, बिक्रेताहरुले नाजायज फाइदा लिएको खुलासा भएको हो ।

नाकाबन्दी र इन्धन अभावको कारण देखाएर औषधि उद्योग तथा बिक्रेताहरुले चर्को मुल्य लिने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

सरकारले मुल्य तोकेको ७ महिना बितिसक्दा पनि औषधि उद्योगहरुले कमिसनको खेल खेल्दै कालोबजारी जारी राखेका छन् । उनिहरुले औषधी जस्तो बस्तुमा सरकारले तोकेको मुल्य भन्दा बढी लिएर कालोबजारी गरिरहेको पाइएको हो ।

नेपाली बजारमा औषधीको खुद्रा मुल्य, औषधीको प्रयोगको समयावधि र र्औषधीको बिक्री बितरणको इजाजत दिने प्रकृया ब्यवस्थित हुन सकेको देखिदैन ।

बजारमा औषधी ब्यवस्था बिभाग, बाणिज्य तथा आपूर्ति ब्यवस्थापन बिभाग लगायतका निकायहरुले प्रभावकारी रुपमा बजार अनुगमन गर्न नसक्दा आम सर्वसाधारण चर्को मुल्यको औषधी प्रयोग गर्न बाध्य छन ।