टोकियो नेपाली साँझमा नचाउन निमा आइपुगे, मनोज, ऋचा लगायत भोली आइपुग्ने

Posted on: May 03, 2016 | views: 1306

१८ चैत, टोकियो ।
आगामी सोमबार जापानको राजधानी टोकियोमा हुने नेपाली साँझ २०१६ को तयारी पुरा भएको छ ।

जापानमा पहिलो पटक निशुल्क प्रवेश सहित २ हजार जापानी येन समेत उपहार स्वरुप पाइने कार्यक्रममा भाग लिन चर्चित पप गायक निमा रुम्बा, हाँस्य कलाकार मनोज गजुरेल सहितका आधा दर्जन कलाकार नेपालबाट आउँदै गरेको आयोजक संस्था सिद्धार्थ रेमिट जापानले जानकारी दिएको छ ।

कार्यक्रममा नायिका ऋचा शर्मा सहित हास्यकलाकारद्धय कुमार कट्टेल तोर्पे र अर्जुन घिमिरे पाँडेबुढा, लोक गायिका काजल गुरुङ समेत कार्यक्रममा सहभागि हुन नेपालबाट भोलि आइपुग्ने भएका छन् ।

सिद्धार्थ रेमिट तथा सिद्धार्थ बैक जापानको आयोजनामा हुन लागेको निशुल्क प्रवेश सहितको कार्यक्रमका सवै कलाकारहरु मे १ तारिक टोकियो आईपुग्ने छन ।

आयोजक सिद्धार्थ रेमिट जापानका संचालक सुदन थापाका अनुसार टोकियो नाकानो जिरो हलमा हुने कार्यक्रममा चर्चित कलाकारहरुले भरपुर मनोरंजन प्रदान गर्ने छन ।

लोकप्रिय कलाकार सहित निशुल्क प्रवेश सहित दुई हजार जापानी येन पाउने भएपछि कार्यक्रममा जापानमा रहेका नेपालीहरुको उपस्थिति उल्लेख्य हुने ठानिएको छ ।

निशुल्क प्रवेश गरिएका कारण पनि जापानवासी नेपालीहरुको उल्लेख्य सहभागिता हुने अर्का संचालक तथा कार्यक्रम संयोजक बावुराम भण्डारीले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

कार्यक्रममा निशुल्क प्रवेश गर्नका लागि सिद्धार्थ रेमिटले जारी गरेको निशुल्क प्रवेश पास फारम भरेर सहभागिता जनाउन सकिने सांगीतिक कार्यक्रम नेपाली साँझका संयोजक हरिचन्द्र लामाको भनाई छ ।

संचालक समितिका सुदन थापाले अपरान्ह ४ वजेबाट शुरु हुने कार्यक्रममा दर्शक सहभागीता ५ सय बढीको पूर्व जानकारी आइसकेकाले समयमै उपस्थित भएर सिट सुरक्षित गर्न आग्रह गर्नुभयो ।

सिद्धार्थ बैंकले जापानबाट सेवा सुचारु गर्न लागेको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो । सिद्धार्थ रेमिट तथा सिद्धार्थ बैकको जापान सेवा अप्रिल १ तारिकबाट सुभारम्भ हुँदैछ ।

कार्यक्रममा सहभागिता जनाउनका लागि रेमिटयान्सको बेवसाईट तथा लिंकबाट वा फारम भरेर निशुल्क पास लिन सकिने आयोजक तथा सिद्धार्थ रेमिटका संचालक मेघराज नेपालले जानकारी दिनुभयो ।

सेवा प्रारम्भ अवसर पारेर गर्न लागिएको सो कार्यक्रममा सिद्धार्थ बैकका प्रतिनिधिहरु सहित विशिष्ठि व्यक्तित्वहरु सहभागी हुन शनिवार जापान आइपुगेका छन् ।

कार्यक्रमको विषयमा थप जानकारी लिनु परेमा कार्यक्रम संयोजकद्धय हरिचन्द्र लामा ०८०-४०६५-१६३३ र बावुराम भण्डारीलाई ०८०-३३९६-००४७ लाई सम्पर्क गर्न सकिने नेपाली साँझ २०१६ व्यवस्थापन समितिले जानकारी दिएको छ ।

यसैबिच पप गायक निमा रुम्बा आजै जापान आइपुगेका छन् । शनिवार साँझ जापान आइपुगेका गायक निमालाई रिद्धार्थ रेमिट जापानका प्रमुख सुदन थापा लगायतले नारिता विमानस्थलमा स्वागत गर्नुभएको छ ।

एनआरएन जापानका अध्यक्ष समेत रहनुभएका थापाका अनुसार अन्य कलाकारहरु भोली जापान आइपुग्नेछन् ।

सिद्धार्थ बैंक जापानमा पनि, कारोबार शुभारम्भमा मनोरन्जन सँगै २ हजार उपहार