विश्व मलेरिया 'औलो' दिवश

Posted on: May 03, 2016 | views: 379

१३ बैशाख, काठमाडौं ।
विश्व औलो दिवश आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ ।
हरेक वर्ष अप्रिल २५ का दिन मनाइने दिवशको यस वर्षको नारा  सदाका लागि औलोको अन्त्य गरौं भन्ने रहेको छ ।

अबको दुइ वर्ष भित्रमा  औलो अन्त्य गर्ने लक्ष्य लिएको नेपालमा विगत चार वर्ष यता औलौको कारण कसैको मृत्यु नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
संक्रमित एनोफिलिज नामक पोथी लामखुटेको टोकाइबाट मानिसमा ओलो रोग लाग्ने गर्छ ।

महाशाखाका प्रमुख डा बाबुराम मरासीनीका अनुसार नेपालबाट अब छिटृै औलो नियन्त्रणमा आउने क्रममा पुर्वी क्षत्रमा नियन्त्रणमा आइसकेको र सुदुर पश्चिम क्षेत्रमा नियन्त्रणमा आउन बांकी रहेको छ ।

अबको दुइ वर्षमा औलो संक्रमणलाई शुन्यमा झार्न स्वास्थ्य मन्त्रालयले लामुखुटृको टोकाइबाट बच्न औलो प्रभावित क्षेत्रमा सन २००२ यता मात्र पचास लाख झुल वितरण गरिसकेको छ ।