विदुर । नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको अनुसार सक्रमित निरन्तर घट्ने क्रममा शुक्रबार २७० जना मात्रै नयाँ सक्रमित थपिएका छन् । योसँगै अहिलेसम्म नेपालमा २ लाख ६६ हजार ८१६ संक्रमितको संख्या पुगेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा ३९० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ३०१ छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २० लाख ५ हजार १२५ परीक्षणहरु गरिएका छन् भने क्वारेन्टाइनमा रहनेको संख्या २३१ रहेको छ । यसैगरी, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ को मृत्यु भएसँगै अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९४८ जना रहेको छ ।