मंगलबार थपिए ४३० नयाँ सक्रमित, पाच जनाले ज्यान गुमाए

Posted on: January 13, 2021 | views: 50

विदुर । पछिल्लो २४ घण्टा मंगलबार थप ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म नेपालमा २ लाख ६५ हजार ६९८ संक्रमितको संख्या पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ३९० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४०८ रहेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १९ लाख ९२ हजार ८५५ परीक्षणहरु गरिएका छन् भने अहिलेसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३७ रहेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९३२ जना पुगेको छ ।