क्षयरोगको अत्याधुनिक उपचार गर्न राष्ट्रिय क्षयरोग केन्द्रमा छोटो उपचार विधि

Posted on: December 29, 2017 | views: 190
काठमाडौं । राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोगको अत्याधुनिक उपचार विधि ‘छोटो अवधि उपचार विधि’ 'एसटिआर' शुभारम्भ गरेको छ । एसटिआर उपचार विधिमा क्षयरोगीलाई दुई चरणमा विभाजन गरी नौ महिनासम्म उपचार गरिने केन्द्रका निर्देशक डा. केदारनरसिंह केसीले जानकारी दिनुभयो । केन्द्रले ९ महिने छोटो अवधि उपचार विधि हाललाई मुलुकका काठमाडौँ, विराटनगर, बुटवल र नेपालगञ्जबाट शुरु गर्न लागेको छ ।