डेंगुको संक्रमण रोक्न स्प्रे छर्कन सुरु

Posted on: November 14, 2017 | views: 32

महोत्तरी ।

बर्दिवास क्षेत्रमा फैलिएकोे डेंगुको संक्रमण रोक्न सोमबारबाट मालाथिनको धुवाँ स्प्रे गरीएको छ । डेंगु संक्रमणलाई रोक्न बर्दिवास नगर क्षेत्रको मुख्य बजारमा डेंगुको लामखुट्टे मार्न भन्दै मालाथिनको धुवाँ स्प्रे गरिएको हो ।

बर्दिवास नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले सोमवार साँझदेखि नगरपालिकाको मुख्यबजार क्षेत्रमा स्प्रे गरेको बर्दिवास नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।

डेंगु संक्रमणको मुख्य जड लामखुट्टे भएकोले स्प्रे मर्फत औषधी छर्किन थालेको हो । स्प्रे धुवाँ लामखुट्टेलाई असर गर्ने र औषधीको असरले मर्छन् । 

हालसम्म बर्दिवासमा ६ सय जना भन्दा बढीलाई डेंगु संक्रमण भइसकेको छन् । डेंगु संक्रमण नगरपालिकामा नियन्त्रण बाहिर गएर फैलिरहँदासमेत नगरपालिकाले खासै नियन्त्रणको उपाय नअपनाएको भनी आलोचना भइरहेका बेला सोमबार मुख्य बजार क्षेत्रमा र भोली देखि अन्य सक्रमण देखा परेको स्थानमा स्प्रे गरिने नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले मालाथिन छर्किने स्थानबारे माईकिगं गराई नगरवासीलाई अग्रिम जानकारी गराएर स्प्रे गर्न थालिएको स्वास्थ्य शाखाका मिन सेनले जानकारी दिनुभयो ।

बर्दिवास नगरपालिकाको वडा नम्बर १, २, ३, ५, ६, ९, ११ र १४ मा सबैभन्दा बढी डेंगु संक्रमणका बिरामी फेला परेका छन् । बर्दिवास क्षेत्रमा अझै सम्म पनि डेंगु नियन्त्रणमा आउन सकेको छैन