अव सर्पको टोकाईविरुद्धको औषधि नेपालमै उत्पादन

Posted on: November 06, 2017 | views: 311

सुनसरी । नेपालमा पहिलोपटक सर्पको टोकाई विरुद्धको औषधि‘एन्टी स्नेक भेनम’ उत्पादन हुने भएको छ ।


निजी क्षेत्रको ‘एन्टिस्नेक भेनम सेरुम रिसर्च एण्ड मेनुफ्याक्चरिङ’ प्रालिले सुनसरीको महेन्द्रनगरमा औषधि उत्पादन गर्ने सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


करिब ८८ करोड ६३ लाखको लागतमा निर्माण हुने औषधि उद्योगबाट आगामी ३ वर्षभित्र सर्पदंशको औषधि उत्पादन गरी बजारमा ल्याइने कम्पनीका अध्यक्ष लक्ष्मीप्रसाद फुयाँलले बताउनुभयो ।


वार्षिक १५ लाख भायल सर्पदंश औषधि उत्पादन गर्ने, ४०० सय व्यक्तिलाई रोजगारी उपलब्ध गराउने र औषधिबाट वार्षिक  १ अर्ब बराबरको विदेशी मुद्रा भित्र्याउने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।


हाल सरकारले वार्षिक ३० हजार भायल 'करिब ४ करोड बराबरको' सर्पदंशको औषधि गरिद गरी विभिन्न उपचार केन्द्रलाई निःशुल्क औषधि गराई सर्पदंशका बिरामीले उपचार पाउँदै आएको बताइएको छ ।


कम्पनीले उत्पादन गर्ने १५ लाख भायल औषधिको बजार मूल्य रु १३ अर्ब ५३ करोड पर्न जान्छ ।

ठूलो मात्रामा कम्पनीले उत्पादन गर्ने औषधि नेपाल सरकारलाई बेच्ने र बाँकी रहेको औषधि विदेशी बजारमा निर्यात गर्ने कम्पनीले जनाएको छ ।