तेह्रथुम ।
जिल्लाको पश्चिमी क्षेत्रको दुर्गम गाउँमा शिसु हेरचाह केन्द्रको भवन बन्ने भएको छ । जिल्लाको छथर गाउँपालिका ५ ओख्रेमा रहेको केन्द्रमा भवन निमार्ण हुन लागेको हो ।
एक्सनएड नेपालको आर्थीक सहयोग २ लाख ५० हजार र दलित सचेतना समाज नेपालको ब्याबस्थापनमा भबन निमार्ण हुने भएको समाजका सामाजिक परिचालक जगनाथ कटुवालले बताउनु भयो ।
महिलाहरु लाई स्वरोजगार बनाउने उदेस्यले सञ्चालित शिसु हेरचाह केन्द्र स्थानीय गुन्ज बहादुर नेपालीको घरमा भाडामा सञ्चालन हुदै आएको र केन्द्रको आफ्नै भवन नहुँदा बिभीन्न समस्या रहँदै आएको स्थानिय जनक दासले बताउनु भयो ।
रकम प्राप्त हुने भए सँगै निमार्णको लागी प्राबिधीक स्टामेट तयार गरिने प्रबिधीक गोबिन्द बहादुर खत्रीले बताउनुभयो । भवन निमार्णका लागी फुलमाया शिवाको संयोजकत्वमा ७ सदस्यीय निमार्ण समिती गठन गरीएको छ ।
त्यस्तै सामान खरिद र भवनको मुल्याङन तथा अनुगमन समिती समेत तयार गरिएको छ । भवन र्काितक २० गतेबाट निमार्ण कार्य सुरु हुने भएको छ ।
महिलाहरुलाइे सहजताको लागी स्थानीय जलदेबी र रोटेििपङ महिला समुहको अगुवाईमा केन्द्र बिगत ४ बर्षदेखी सञ्चालनमा रहेको छ । एक जना हेरालु रहने उक्त केन्द्र आफ्ना वाल बच्चा राखेर दिनभरी ग्रामिण महिलाहरु मेलापात तथा अन्य सिपमुलक काममा लागिरहेका छन् ।