रुघाखोकीकै कारण सत्र जनाको ज्यान गयो

Posted on: October 12, 2017 | views: 351

काठमाडौं ।

मौसमी रुघाखोकीका कारण हालसम्म १७ जनाको मृत्यु भएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अक्टुबर महिनासम्म तीन हजार १०१ बिरामीमा जाँच गर्दा एक हजार २९१ जनामा मौसमी रुघाखोकी देखिएको थियो भने यसमध्ये १७ जनाको मृत्यु भएको हो । 

 काठमाडौँलगायत देशका अन्य जिल्लामा मौसमी रुघाखोकी 'इन्फ्लुएन्जा भाइरस' का बिरामीको सङ्ख्या बढेको थियो । इन्फ्लुएन्जा भाइरस टाएप ए को 'एच-एन १' भाइरसबाट गत साउन–भदौमा सङ्क्रमित बिरामीको सङ्ख्या ८०६ थियो । 

सिजनल इन्फ्लुएन्जा 'एच-एन ' ले कमजोर व्यक्तिलाई आक्रमण गरी छोटो समयमा दुवै फोक्सामा खराबी ल्याउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा शेरबहादुर पुनले बताउनुभयो । केही वर्षयता एच१एन१ का बिरामीको सङ्ख्या निरन्तर वृद्धि भइरहेको छ ।