चरिकोट ।
दोलखा सदरमुकाम चरिकोटको एक होटलमा विगत ६ महिनादेखी अवैध यौन धन्दा चलाएको भन्दै प्रहरीले होटल सञ्चालक सहित ३ जनालाई पक्राउ गरेको छ ।
दोलखाका प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीका अनुसार चरिकोट स्थित बसपार्कमा तहल्का नामको होटल सञ्चालन गरेर बसेकी तामाकोशी गाउँपालिका ३ जफे स्थायी घर भएकी तारा काफ्लेले विगत ६ महिना अघिदेखी यौन धन्दा चलाएको प्रमाणका आधारमा उनि सहित अन्य २ जनालाई पक्राउ गरि कार्वाही प्रकृया अगाडी बढाइएको छ ।
उनले अनेकन बहानामा एक १७ बर्षिया किशोरीलाई जवरजस्ति यौन व्यवसायमा लगाउने गरेको तथ्य प्रहरीले खुलाशा गरेको छ ।
प्रहरी प्रमुख कार्कीका अनुसार उनले होटलको कामदारको रुपमा राखेकी किशोरीलाई विगत ६ महिना देखि यौन व्यवसायमा लगाएकी थिइन् ।
प्रहरीले बिशेष सूराकीको आधारमा केही दिन देखी उक्त होटल निगरानिमा राखेको थियो । मगलवार होटलमा छापा मार्दा सप्रमाण सहित उनिहरुलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले जवरजस्ति यौन धन्दामा लगाईएकी १७ बर्षिया पीडित किशोरी र बोल्न नसक्ने २५ बर्षिया एक अपाङ्ग युवतिलाई पनि उद्धार गरेको छ ।
सञ्चालक काफ्ले सहित पक्राउ पर्नेमा , तामाकोसी गाउँपालिका ३ जफेका १९ बर्षीय सन्तोष भुजेल र सोही स्थानका १८ बर्षिय सुरोज पोखरेल रहेका छन् । पक्राउ पर्ने दुई युवाहरु पोख्रेल र भुजेललाई होटल सचालक काफ्लेले यौन धन्दाको ग्राहकको लागि होटलमा बोलाएको र यौन क्रियाकलाप गर्दा गर्दैको अवस्थामा रंगेहात पक्राउ गरिएको दोलखा प्रहरीको जनाएको छ ।
प्रहरीका अनुसार आरोपित तारा काफ्लेले स्याङ्जा घर भएकी १७ बर्षिया एक किशोरीलाई वेटरको रुपमा होटलमा राखि अवैध यौन धन्दा चलाएकी थिईन् ।
उनलाई पैसाको प्रलोभनमा यौन क्रियाकलाप गर्न बाद्य बनाइएको थियो । प्रहरीका अनुसार पीडित किशोरीले दैनिक २ देखि ३ जना सम्म यौन सम्पर्क गर्दै आएको बयान दिएकी छिन् ।
पिडित वालिकाको आमाको मृत्यु भएको र बाबुले अर्को विहे गरेपछि कामको खोजिमा राजधानी आएकी थिइन । राजधानीमा ताराका सहयोगीले ति किशोरीलाई तहल्का होटलमा पुरयाएको प्रारम्भिक अनुषन्धानले देखाएको छ ।
पीडित किशोरीलाई प्रहरीले चरिकोट स्थित स्नेह केन्द्रको जिम्मा लगाएको छ ।
प्रहरीले तहल्का होटलवाट एक जना अन्दाजी २५ बर्षिया बोल्न नसक्ने अपाङ्ग युवतिलाई पनि उद्धार गरेको छ ।
कामको खोजिमा पुगेकी ति युवतिलाई पनि होटल सञ्चालक काफ्लेले यौन सम्वन्धका लागि ग्राहक बोलाएकी थिइन् । धन्दामा ग्राहकको रुपमा सहभागी भैरहेका दुई युवकले १७ बर्षिया किशोरी र अपाङ्गता भएकी युवतिसँग पनि यौन सम्पर्क राखेको प्रहरीले जानकारी दिएको छ ।
बोल्न नसक्ने भएका कारण अपाङ्ग युवतिको भने बिस्तृत बयान हुन सकेको छैन । पक्राउ परेका तिनै जना बिरुद्ध प्रहरीले मानव बेचविखन तथा ओसारपसार ऐन २०६४ वमोजिम मुद्धा चलाएको छ ।
उनीहरुलाई हिरासतमा राखि थप अनुषन्धान अघि बढाउन दोलखा जिल्ला अदालतले ७ दिनको म्याद थप गरेको छ ।