प्रधानमन्त्रीज्यू! नाकाबन्दीमा पर्यौं, बाटो खोलिदिनूस्!

Posted on: May 02, 2016 | views: 575

दोलखा-

तिब्बत सिमानाका लप्ची गाउँबासी एक हुल चरिकोट आए। भूकम्पपछि पहिरोले खोलाका झोलुंगे पुल, फड्के बगाएको र हिँड्ने बाटोसमेत भत्किएपछि नाकाबन्दीमा परेको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराए। कारोबार दैनिकमा समाचार छ।
 
प्रधानमन्त्री केपी शर्मा ओली केही दिनमै चीन जाँदै छन् भन्ने सुनेका उनीहरु लप्चीबाट तीन दिन हिडेर चरिकोट आए र सीमाक्षेत्रका समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारीमार्फत बुधवार मागपत्र बुझाए।
 
भूकम्पपछि नेपालतिरको बाटो बिग्रेको र तिब्बती बजार छुप्साङ र कुती बजार जान तिब्बतको प्रान्तीय सरकारले  कडाइ गरेकाले किनमेलमा समस्या भएको कोन्ज्योक शेर्पाले बताए। ‘बजार निरर्भरता बिब्बततिरै छ तर उताको सरकारको  अनुकुलतामा खुल्ने र बन्द हुने हुँदा कहिले उत्तै बस्नु पर्ने त कहिले  रित्तै फर्कनु पर्ने अवस्था छ, उनले भने,‘यसलाई प्रधानमन्त्री ओलीले सहज बनाइदिनु पर्यो।’
 
टिंग्री सहरबाट तातोपानीभन्दा लामाबगर नाका ७१ किलोमिटर नजिक छ। भैगोलिक दृष्टिले पनि केरुङ र तोतोपानीभन्दा यो नाकाको सडक सुरक्षित छ ।