के गगनले नै हराएका हुन् त अर्जुननरसिंह केसीलाई ?

Posted on: May 03, 2016 | views: 829

काठमाडौं,फागुन २५ ।  महामन्त्रीमा शशांक कोइरालाले जितेर अर्जुननरसिंह केसी र गगन थापा दोस्रो र तेस्रो मत ल्याएपछि गगनले ससुरालाई हराए भन्ने टिप्पणी हुन थालेको छ। के गगन नउठेका भए अर्जुननरसिंह केसीले जित्ने थिए ? ती जनाले पाएको मतको विश्लेषण गर्दा त्यस्तो देखिन्न।
 
शशांकले १४१७, अर्जुननरसिंहले १०१७ र गगनले ५८४ मत पाएका छन्। गगन नउठेको भए उनलाई गएको ५८४ मध्ये ४९२ मत केसीलाई जाँदा पनि उनले जित्ने थिएनन्। केसीले पाएको १०१७ मा ४९२ मत जोड्दा जम्मा १५०९ मत हुन्थ्यो।
 
गगनको ५८४ मध्ये केसीलाई ४९२ गएर बाँकी रहेको ९२ मतमात्रै शशांकलाई जाँदा पनि उनको १५०९ मत पुग्थ्यो। गगन लामो समयदेखि संस्थापन पक्षमै छन्। उनी नउठेका भए उनले पाएकोमध्ये भारी मत देउवा प्यानलबाट उठेका केसीले पाउँथे होलान् भन्नु तर्कसंगत हुन्न। बरु गगन नउठेका भए उनले पाएको मतमध्ये धेरै बीपी पुत्र शशांकले नै पाउने सम्भावना थियो।
सेतोपाटी