यस्तो छ कांग्रेस सभापतिको जीवनी

Posted on: May 02, 2016 | views: 668


काठमाडौँ, २५ फागुन । नेपाली काँग्रेसका नवनिर्वा्चित सभापति शेरबहादुर देउवाको जन्म विसं २००४ जेठ ३० गते रुवाखोला असिग्राम—५ डडेल्धुरामा भएको हो । हाल उहाँ बुढानिलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आएका छन ।  
बाल्यकालदेखि नै राजनीतिक चासो राख्ने नवनिवार्चित देएका हुन ।  खासगरी विसं २०१७ पछिको राजनीतिक घटनाक्रमबाट सक्रिय नेपाली राजनीतिमा प्रवेश गरेका हुन. । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेपाल विद्यार्थी संघका  प्रथम सभापति हुन । 

त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन । 
देउवा एक छोराका पिता हुन । उनकी धर्मपत्नी डा आरजु पनि अहिले व्यवस्थापिका–सांसद रहेकी छिन ।

विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेलधुरा जिल्ला क्षेत्र नं १ बाट तथा विसं २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा डडेलधुरा क्षेत्रं १ र कञ्चनपुर जिल्लाको क्षेत्र नं ५ बाट विजयी देउवाले गृहमन्त्री र पटक–पटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसककेका छन । 
विसं २०५१ मा भएको मध्यावधि चुनावपछि उनी  काँग्रेसको संसदीय दलको नेतृत्व गर्दै विसं २०५२ मा पहिलो पटक नेपालको प्रधानमन्त्री बनेका थिए ।
विसं २०५९ मा दोस्रो पटक प्रधानमन्त्री भएका  देउवा त्यसको दुई वर्षपछि २०६१ सालमा पुनः प्रधानमन्त्री बने । 

काँग्रेसको विभाजनपछि उनी नेपाली काँग्रेस (प्रजातान्त्रिक) को सभापति बनेका थिए । काँग्रेस र काँग्रेस (प्रजातान्त्रिक) को एकतापछि उनी  नेपाली काँग्रेसको वरिष्ठ नेता भए ।

उनी  विसं २०५६ मा माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष थिए । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेविसंघका प्रथम सभापति हुन र सुदूरपश्चिममा काँग्रेसका प्रभावशाली व्यक्तित्व मानिन्छन ।  

देउवाले भारत, चीन, भुटान, माल्भ्दिस, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्वीट्जरल्यान्ड, ग्रीस, बेल्जियम, संयुरेका छन । यसअघि पार्टीको ११औँ र १२औँ महाधिवेशनमा समेत देउवा पार्टी सभापति पदको उम्मेदवार थिए ।

Source:RSS