९ बर्षको केटाकेटी उमेरमा केराको बोक्रालाई खाने पानीको धारामा
घुमाएर रबरको चेन अनि क्यासेटको झिलझिले जोरजाड पारेर बिजुली बालेर देखाउनु
।
१७ बर्षको उमेरमा पुस्तक लेखेर नोबेल शान्ति पुरस्कारको लक्ष्य बोक्नु ।
अनि बसपार्कमा पैसा साटेर एक एक सुका बटुलेर आफ्नै संस्था खोलेर सडक बालबालिकाको उज्वल भविष्यको लागि अभियान थाल्नु ।
यि केही त्यस्ता कर्म हुन् जसले भनिरहेको थियो 'हुने विरुवाको चिल्लो पात ।'
तिनै बालख कालका एक प्रतिभा निरन्तरको मेहनत अनि आफ्नै कर्म र पौरखले अहिले विश्वभरमा नेपालीमाझ चिनिएका छन् । युवा उद्यमी 'भवन भट्ट'का नामले ।
टिबिआई ग्रुपका प्रमुख, गैर आवासिय नेपाली संघ एनआरएनएका उपाध्यक्ष, नेपाल
पूर्वाधार विकास कम्पनीका अध्यक्ष सहित आधा दर्जन संस्थाको प्रत्यक्ष
नेतृत्व अनि दुई दर्जन बढी संघ संस्थामा आवद्धता र संरक्षकत्व प्रदान गर्दै
आउनुभएका भट्टको कर्मथलो १८ बर्षयता जापान बनिरहेको छ ।
कर्मथलो जापान बनेपनि माटोप्रतिको धर्म र देश प्रेमले भरिएका भट्ट देशको
मुहार फेर्ने महत्वपूर्ण योजना काठमाडौं-कुलेखानी-हेटौंडा सुरुङमार्ग
बनाएरै छाड्ने अठोटका साथ काम गरिरहनुभएको छ ।
विश्वभर
व्यापारिक सञ्जाल विस्तार, आफ्नै बिमान सहित झनै आक्रामक व्यापार बढाउँदै
लगिरहनुभएका भट्टले राजधानी टोकियोमा रहेको टिविआई भवनको आफ्नो कार्यकक्षको
भित्तामा झुण्ड्याइएको महाभारत युद्धको तस्विर देखाउँदै भन्नुभयो-'युद्धमा
छु, धेरै गर्नु छ मैले ।'
प्रस्तुत छ सफल युवा उद्यमी भवन भट्टसँग टपनेपालन्युजडटकमका लागि गोकर्ण अधिकारीले गर्नुभएको कुराकानी...
जापान के परिकल्पना वा सोचले आउनुभएको थियो ?
केही
गर्छु भन्ने चाहिँ थियो, तर यहि गर्छु भन्ने चाहिँ थिएन । म राजनीतिक
पृष्ठभुमि भएको परिवारमा जन्मेको मान्छे । अनि हरेक दिनको परिवारको त्यो
राजनीतिको राम्रै आधार थियो । त्यहाँ हुर्कंदाखेरी मैले त्यो कष्ट देखेको
थिएं । वुवा मिस्टर क्लिन भनेर चिनिनुहुन्थ्यो । उहाँ राजनीतिमा केही गर्छु
भन्ने मान्छे पर्नुभयो । जसले गर्दाखेरी हामी ६ जना छोराछोरी थियौं,
उहाँलाई आफ्नो राजनीतिक छवि जोगाउनलाई र हामीलाई पाल्न धौ धौ परेको देख्दा
खेरी केही गर्छु भन्ने मान्छेलाई आर्थिक रुपमा बलियो आधारनै चाहिँदो रहेछ
भन्ने लाग्यो । बाहिरबाट कमाउन खोज्यो भने त्यहीं कराउँछ र त्यसलाई विश्वास
कम गर्छ । भनेपछि आर्थिक अवस्थाचाहिँ बनाउनुपर्छ भन्ने भयो । मलाई
बास्तवमा धन कमाउँछु धनी हुन्छु, मोज गरेर बस्छु भनेर पहिला पनि थिएन अहिले
पनि छैन । कुनै उदेश्य प्राप्ति गर्न आर्थिक रुपमा सबल हुनुपर्छ भन्ने
मान्यता थियो मेरो ।
त्यो बेलामा बोकेर आएको सपना र अहिले पाएको सफलता, त्यो बेलाको लक्ष्य अनुसारको पाउनुभयो ?
म बास्तवमा धेरै महत्वाकांक्षी थिएं । १७ बर्षमा नोबेल पुरस्कार पाउने
किताब लेखेको थिएं । मेरो बिचारमा नोबेल पुरस्कार पाउँछ भन्ने थियो । तर
त्यो कुनै पनि हालत त्यस्तो थिएन । मेरो जन्मघर गोरखा, तान्द्रागं । तर म
काठमाडौंमा बसेर पढ्थें । म हरेक पल्ट असार साउनमा छुट्टी हुँदा गाउँ
जान्थें । गाउँघरमा मैले परोपकार हेल्थ पोष्ट भनेर गुरु परोपकार हेल्थ
पोष्ट जस्तो खोलें । हेल्थ पोष्ट जान १ घण्टा लाग्थ्यो । अनि मैले दुई
रुपैयाँ पाँच रुपैयाँ बटुलेर तत्काल जलेको, काटेको, लडेको ब्याण्डेजहरु
मलमहरु राखें । प्रारम्भिक उपचारहरु चाहिँ त्यहाँबाट गर्न मिल्ने गरें ।
अनि गाउँगाउँमा गएर प्रत्येक घरमा ट्वाईलेट नहुनेहुँदा ट्वाईलेट खन्नलाई
सबैजना बटुल्ने गर्थें । मैले कस्तालाई मोटिभेट गर्ने भन्दा त्यतिखेर म पनि
१५ १६ बर्षको भएको भएर १५ बर्ष मुनिकालाई बटुल्थें । मैले भनेपछि उनिहरुको
केही स्वार्थ नि हुँदैन अनि ल दाईले भनेपछि लागौं भनेर लाग्थे । मेरो
राजनीतिक वा कुनै स्वार्थ पनि थिएन ।
अहिलेसम्म पनि मेरो राजनीतिक
आवद्धता छैन । त्यसरी चाहिँ कहिले वृक्षारोपण गर्न लाग्ने । त्यस्तो
बानीहरु चाहिँ पहिला देखीनै थियो । एउटा ग्राण्ड सपना थियो । ममिले अस्थि
भर्खर मात्र पनि ९ बर्षमा बिजुली निकालेको थियो भन्दै हुनुहुन्थ्यो ।
बिजुली बालेको त याद थियो तर ९ बर्षको थिएं भन्ने याद थिएन । के गरेको थिएं
भने त्यति खेर । हाम्रो घरको अगाडी खानेपानिको धारो थिएं । केराको
सुप्लालाई बिचमा काटेर फिरर्र् घुन्ने बनाउँथे । हामीकहाँ क्यासेट थियो ।
बत्ती जोडेपछि त्यो घुम्छ भन्ने थियो । त्यसलाई घुमाएर जोड्यो भने बत्ती
निस्कन्छ भन्ने थियो । मैले त्यतिखेर त्यसरी चाहिँ गरेको थिएं । तर मैले
अहिलेसम्म विद्युत उत्पादनमा त्यस्तो केही गर्न सकेको छैन । त्यतिखेरको ९
वर्षको सोचले गरेको भए देश झलमल बनाउन सक्नुपथ्र्यो । अहिले केही गर्न
सकेको छैन ।
त्यति बेलाको सोच पनि मेरो एउटा थोत्रो रेष्टुरेण्ट
हुँदाखेरी । मेरो सेकेण्डम्यानले अहिले सबैलाई 'म किन चाहिँ चेयरम्यानसँगै
छु थाहा छ ?' भनेर सबलाई भन्ने गर्छ । 'थोत्रो रेष्टुरेण्ट थियो यो
कम्पनीमा बसौं कि नबसौं, मेरो पार्ट टाईम काम थियो, फुल टाइम गरौं कि नगरौं
भनेर भन्दा खेरी मलाई चेयर म्यानले तिमि बाहिर सिक्न अनि तिम्रो टाइम
भएपछि सिकिसकेपछि आउ भन्थ्यो तर पनि मैले सोधें । तिम्रो के चाहिँ बिचार छ ?
भन्दा म वातामी संग लडिरहेको छु । त्यतिखेर ७/८ सय रेष्टुरेण्ट भएको ठूलो
चेन, एक बिलियन भन्दा धेरै ब्यापार गरिरहेको रेष्टुरेण्टसँग म भिडन्त
गरिरहेको भन्दाखेरी यती सानो थोत्रो रेष्टुरण्टको मान्छेले भिडन्त गर्छ
भन्दा यो सँग केही छ है ! भनेर म पछि लागेर आएको भन्छ । भनेको मैले सुरुवात
गर्दा खेरी नै त्यसरी गरेको थिएं । अब त्यसलाई मेरो कुन सपना कुन
एचिभमेन्ट भन्ने !
कोही नेपाली जापान आउँदैछ भने उसले भवन
भट्ट जत्तिको बन्न पाए पुग्थ्यो भन्छ अहिले । तपाईले चाहिँ उ बेला अहिले
पाउनेजति सफलता सोच्नु भएको थियो वा अझै माथि ?
म
अझै कामको चरणमै छु । यति मात्र बन्छु भनेको भए म यतिमै स्टप हुन्थें होला
। म रेष्टुरेण्टमै सन्तुष्ट हुन्थें किन एयरलाइन्स चलाउनुपथ्र्यो मलाई ।
किन बाटोमा लगानी गर्नु पथ्र्यो । किन नयाँ भेन्चरहरु सुरु गर्नुपथ्र्यो ।
आजको दिनमा ७० वटा भन्दा बढी कम्पनीहरु रनिङ छन् । म चाहिँ अन लिमिटेड
सोच्छु ।
यहाँ हाम्रो कम्पनीको कि एरिना थिमहरु लेखिएको छ ।
(भित्तामा जापानी अक्षर खान्जीमा लेखिएको कुरा देखाउँदै) हामी संसारमा
अगाडी बढ्न सक्ने लिडरहरु तयार गर्छौं । मान्छेको संभाव्यता भनेको अथाह छ ।
त्यसलाई अन्तिम अन्तिम सम्म पनि च्यालेन्ज गरेर जानुपर्छ । त्यो चाहिँ ३
नम्वरमा छ । नत्र म २६/२७ बर्षको मान्छेले त्यतिबेला न घर कसैले दिन्छ । न
बैंकले लोन नै दिन्छ । न कोही पाइन्छ । मैंले यो भिजन दिएको थिएं र अहिले ४
हजारको हाराहारीमा हाम्रो कम्पनीमा अहिले काम गर्छन् ।
त्यसैले
भिजन नै हो ठूलो कुरा । नर्मल मान्छेलाई भए त्यतिखेरको कुराले पुग्थ्यो
होला । जापानमा हुर्केको मान्छेलाई सानो भिजन दिएको भए उनिहरु मसँग
हुनेथिएनन् ।
जापान आउँदा तपाईको लगानी कति लागेको थियो ?
म जापान आउँदा कुनै एजेन्ट थ्रु नआएको भएर नर्मल फि, ६ महिना जतिको
तिर्नुपथ्र्यो । २-३ लाख त्यो भयो । त्यस्तै सरदर ७-८ लाख लाग्यो होला ।
मैले त्यति भन्दा त्यसपछि पैसा ल्याउनुपरेको छैन ।
औषत नेपालीहरु जापान के सपना बुनेर आउने गरेको पाउनुभएको छ ?
पहिलो कुरा त जापान आर्थिक सम्पन्न देश हो । नर्मल रुपमा भन्दा नेपाल
सरकारले एसएलसी पास गरेको एकजनाको तलब १० हजार जति तोकेको छ ।
अन्र्तराष्टिय बजारमा कहाँ छ । मान्छेलाई यसैले के हुन्छ भने यहाँ परिश्रम
खियाउनुभन्दा विदेश गएर अलिकति केही कसी लगाउन पाए हुन्थ्यो भन्ने नै हो । म
पनि त्यही नै हो । म पनि, आफु पनि केही सिकौं, जानुं पनि यहाँबाट यति नै
कमाएर यसरी बस्छु भन्ने त थिएन । केही गर्छु । केही गर्न सक्छु भन्ने नै
थियो ।
तपाईको जस्तै मेहनत, लगनशिलता, परिश्रम अनि लक्ष्य बोकेर आउने कोही युवालाई तपाईको जत्तिको सफलता पाउन अहिले कति समय लाग्ला ?
डेडिकेसन भयो भने एक बर्षमै सक्छ । हाम्रो पालामा यो इन्टरनेट लगायत सबै
कुरामा यत्तिको बिकास थिएन । अहिले साँच्चै क्रियटीभ आइडिया हुने हो भने
तपाईलाई पैसा कलेक्सन गर्न पनि कसैको पकेटमा भर पर्नु पर्दैन । क्राउड
फण्डिङ छ । त्यहाँ मेरो यस्तो बिचार छ, म यसरी गर्छु भनेर राम्रोसँग
प्रस्तुत गर्न सक्नुभयो भने सबैले पैसा हाल्छन् । मेहनत गर्दैखेरी पनि
तपाईले राम्रो सिस्टम डेभलप गर्नुभयो भने पढ्नै पर्छ भन्ने पनि छैन ।
तपाईहरुले गुगल, माइक्रोसफ्ट देख्नुभएकै छ ।
अहिलेको जमानामा हिजोको
औद्योगिक क्रान्ति देखि लिएर सय बर्ष पुरानो, २ सय बर्ष पुरानो इन्डष्ट्री
बजारमा एउटा ब्राण्ड भ्यालु बनाउनुपर्छ भन्ने पनि देखिंदैन । त्यति
बनाएकाहरु पनि अहिले कति तल झरेका छन् । सार्प जस्तो कम्पनीलाई चाइनाको
एउटा कम्पनीले किनिदियो । सार्प जापानको प्राइड कम्पनी थियो । भनेको अहिले
स्मार्ट भिजन चाहिन्छ । म नेपाललाई पनि स्मार्ट कण्ट्री बनाउँ भन्छु ।
पुरानै तरिकाले लगानी ल्याउनुस्, उद्योग धन्दा खोल्नुस् भन्नु भन्दा
अहिलेको जमानामा हामीले कम्पीटिसन गर्न सक्दैनौं र डेलिभरी दिन सक्दैनौं ।
म, हामीले के कुरालाई डेलिभरि दिन सक्छौं त्यो कुरालाई मात्र गर्नुस् भन्छु
।
१८ बर्ष अघि तपाई आउँदा कति नेपाली थिए जापानमा ?
त्यतिबेला हामीले आँकडा गरेको त्यस्तै २० देखी २५ हजार नेपाली थिए ।
त्यतिखेरका नेपालीका औषत समस्या के थिए ?
त्यतिबेला धेरै साथिहरु बिना भिषामा गैर कानुनी रुपमा बस्नु हुन्थ्यो ।
त्यस्ता साथिहरुलाई के डर थियो भने । बस्ने ठाउँदेखी कामसम्म जाँदा कहिले
समात्छ, कहिले के हुन्छ भन्ने डर थियो । अहिले त्यो छैन । केही सुधार भएको छ
।
त्यतिबेला हामी छाती खोलेर हामी नेपाली हौं भनेर हिँड्न सक्ने
अवस्था थिएन । काम भनेको सानो तिनो जहाँ पनि हुन्छ । भएपनि इलिगल्लि बसेपछि
मान्छेहरुलाई त्यो फिलिंग्स हुन्छ । अहिले जापानमै जापानीलाई काममा लगाउन
सक्छौं, ठूलो ट्याक्स तिर्न सक्छौं । इन्फरमेसन आदान प्रदान गर्न सक्छौं ।
एक अर्कालाई सहयोग गरेर हामीले एउटा कम्युनिटीनै खडा गरेका छौं । एनआरएन
लगायत ठूलो कम्युनिटी नै छ । तर पनि यो आफुले आशा गरे अनुसारको चाहिँ अझै
भएको छैन ।
कामको लागि भनेर आउँदा नेपालीले त्यतिखेर कति पैसा तिर्थे र अहिले कति तिर्छन ?
त्यतिखेर त्यस्तै १० ११ लाख मोटामोटी भन्ने सुनिन्छ । अहिले पनि त्यस्तै नै होला जस्तो लाग्छ ।
कुल सम्पत्ती जापानी वा नेपालीमा भन्दा कति छ तपाईको ?
त्यो चाहिँ भन्न मिल्दैन । आफुले क्लेम गरेको जस्तो हुन्छ । आजको दिनमा
बिजनेसको टर्न ओभर बार्षिक २२ सय करोड रहेको छ । भनेको बार्षिक २२ अर्ब
बराबरको व्यापार छ । कम्पनी भ्यालुएसन भनेको ठ्याक्कै यति भन्ने हुन्न । म
आइपिओमा भएको भए यसको यति पर्सेन्ट छ भनेर भन्न सकिन्छ ।
तपाईलाई गरिव देशको सम्पन्न व्यवसायी भन्दा हुन्छ ?
म नेपाललाई गरिव भन्नै चाहन्न । तपाई सगरमाथाको एसेट भ्यालु कति राख्नु
हुन्छ ? बुद्ध जन्मेको एसेट भ्यालु कति राख्नु हुन्छ । त्यसैले आर्थिक
रुपमा कमजोर भन्न मिल्छ । कल्चरमा तपाई कति सम्पन्न हुनुहुन्छ । अमेरिकामा
केही छँदैछैन । कुनचाहिँ व्यारोमिटरले सम्पन्न भन्ने । त्यसैले संघर्ष
गरिरहेको व्यवसायी भन्नुस ।
एनआरएनमा दोस्रो पटक उपाध्यक्षमा हुनुहुन्छ, उपाध्यक्ष मात्रै नै कि अब अध्यक्ष बन्नुहुन्छ ?
सबै साथिहरुले दुईपटक दोहोर्याउनु अनि अब योगदानकै आधारमा पनि तपाई अघि
जानुपर्छ भनिरहनुभएको छ । संभवत म अध्यक्षको लागि उमेद्वारी दिन्छु अब ।
खासमा एनआरएन संस्था आफ्ना अधिकारको लागि हो वा नेपाललाई सहयोग गर्न ?
अधिकार त सेकेण्डरी कुरा हो । खासमा विदेश आएका हामी नेपालीहरु उम्केका
माछा बनेर नबसौं भन्ने हो । किनभने नेपालको समस्याहरुलाई चिर्दै एउटा तहमा
आइपुगेका छौं । हुन त विदेशको पनि आफ्नै समस्या र संघर्षहरु छन् । विदेशमा
स्थापित हुनुभनेको सारै गाह्रो कुरा हो । कसैलाई घर किन्नुपर्ने हुन्छ,
कसैलाई व्यापार विस्तार गर्नुपर्ने हुन्छ । परिवारलाई स्थापित गर्नु सँगै
नेपालमा भइरहेको व्यवहारलाई मिलाउनु विभिन्न समस्याहरु भइराखेका हुन्छन् ।
ति सबै समस्याहरुलाई थाँति राखेर हामीचाहिँ ति समस्या कहिलेपनि समाधान
हुँदैन भनेर अघि बढेका छौं । विनोद चौधरी जि नै भएपनि उहाँ बिलिनियर बन्नु
भयो उहाँलाई १० बिलिनियर बन्नु छ होला । त्यो भनेको ९ बिलियनले पुग्दैन नि ।
भनेको मान्छेलाई आ आफ्नै खालको समस्या सँधै परिरहन्छ । त्यो हिसाबले मुख्य
कुरा ति सबै समस्याहरुलाई थाँति राखेर, हामी विदेशमा आएर बस्ने मात्र होइन
कि त्यो देशको भ्यालु बढाउने, आर्थिक रुपमा कसरी उन्नती गराउने, पोलिसिमा
योगदान गरेर हुनसक्छ, त्यहाँका पुर्वाधार कस्तो भइदिए हुन्थ्यो ति चिजहरुमा
हामी विदेशमा रहेका नेपालीहरुले योगदान गर्न सक्छन् । भन्छन् नि कोही परेर
जान्छन् कोही पढेर जान्छन् । हामीहरु पढेर र परेर जानेकाहरु छौं र यसमा
देशको लागि केही योगदान गर्न सक्छौं । र यसलाई कसरी देशको हितमा लगाउन
सकिन्छ भन्नु नै एनआरएनको पहिलो लक्ष्य हो ।
नेपालमा एनआरएनलाई गलत अर्थमा सुकिला मुकिलाहरु भन्छन् नि ? कुरा गर्ने काम नगर्ने !
सुकिलो हुनु नराम्रो हुँदै होइन बास्तवमा । नेपाललाई सुकिलो बनाउनुछ
हामीलाई । अनि सुकिलो मान्छेले अरुलाई सुकिलो बनाउन सक्छ । एउटा कुरा
काठमाडौंबाट मैलो पाइन्ट भनेर लगाएर गएको पाइन्टलाई गोरखामा उहिले यस्तो
सफा पाइन्ट किने धुने भन्थे । भनेको ठाउँ अनुसारको सफा र मैलो हुन्छ ।
विदेशमा आइसकेपछि त्यो धुलो धुवाँ हुन्न यसैपनि सफा हुन्छ । अनि अरुको देखा
सिकि गरेर पनि सफा राम्रो लगाउनै पर्ने हुन्छ लगाएको पनि हुन्छौं ।
भनेको गर्न सक्ने मान्छे नै अगाडी आउनुपर्छ । मौका दिने, अर्को मान्छेलाई
दिने होइन कि कुन योगदान गर्न सक्छ ? कसैले आर्थिक हुनसक्छ, कसैले पोलिसिमा
हुनसक्छ, कसैले समय दिन सक्छ । कुनैपनि ठाउँमा यहाँ मात्र होइन नेपालमा
पनि कुन ठाउँमा कसले के योगदान दिन सक्छ उसलाईनै जिम्मेवारी दिनुपर्छ ।
कहिलेकाहीं हामीकहाँ कानुनको विज्ञलाई शिक्षा मन्त्री बनाएर खासै
उपलब्धिपुर्ण हुँदैन । कुन ठाउँमा कसको के योगदान हुनसक्छ । राम्रोसँग
छानेर दिनुपर्छ ।
हामीपनि कमजोर छौं, संसारभर यत्रो संस्था
बनाउनुपर्छ । अघिल्लो हप्ता मात्र नेपालमा बृक्षारोपण कार्यक्रम थियो, उहाँ
पुगें । त्यसपछि हङकङमा एनआरएनको अफिस उद्घाटन थियो त्यहाँ उद्घाटन गरेर
यता जापान आएं । अब फेरी मिडल इस्टको रिजनल कन्फेरेन्स युरोपमा हुँदैछ
त्यहाँ पनि जानु छ । अब भन्नुस् म एउटा विजनेश इन्भेष्टर्सको रुपमा यसलाई
पनि अघि बढाउनुपर्ने छ । त्यसलाई पनि थाँति राखेर संस्थाको लागि पनि जानु
छ, त्यो पनि आफ्नै खर्चमा । भनेको यि सब कुरालाई हामीले बुझ्न जरुरी छ ।
नेपाल पूर्वाधार विकास कम्पनी सम्हाल्नु भएपछि के काम गर्नुभयो, देखिने काम त केही भएको छैन नि !
भित्रि कुराहरु धेरै अगाडी बढेको छ । तर तपाईहरुलाई विश्वास नलाग्न सक्छ ।
मैले सम्हालेपछि फाइनान्सीयल क्लोजर नै मुख्य कुरा हो । तपाईलाई भित्रि
कुरा भन्दा ४० प्रतिशत काम सकिसकेको छ । अब यो चाहिँ भन्ने तर तपाईहरुले
नदेख्ने भयो । तत्काल देख्ने अघि बढेको काम भन्दाचाहिँ अहिलेको बजेटमा नै
संवोधन भएर काठमाडौं हेटौंडा सडकलाई सरकारले सक्दो सहयोग गर्ने भनेर गरेको
सम्वोधन नै हो । पहिले यसको विपक्षमा वा ध्यान नदिएको सरकारले अहिले महत्व
दिनुले नै यसको प्रगति वा डेभलपमेन्टको चरण हो ।
दोस्रो कुरा यसले
गर्दा विदेशी लगानीकर्ताहरुको मनोबल बृद्धि भएको छ । यसले गर्दाखेरी
हामीसँग अहिले सुचना आदाप्रदान गर्न आउने विदेशी लगानीकर्ताहरुको संख्या
धेरै ठूलो मात्रामा बढ्दो छ । यसलाई पनि डेभलपमेन्टको एउटा चरण मान्न
सकिन्छ ।
जापानीमाझ तपाई के भनेर चिनिनुहुन्छ वा चिनाउनुहुन्छ ?
जापानीहरुले एउटा विदेशी इन्टरप्रेनर भनेर चिन्छन् । म नेपाली नै हो म सँग
नेपाली पासपोर्ट नै छ । तर जापानीज फिलिङको नेपाली भन्छन् । मेरो बिचार
चाहिँ जापानीज जस्तै छ भन्छन् । मैले जापानीज सोर्ड, सामुराई सोर्ड बारे
आफ्नो स्पिचहरुमा बोल्ने गर्छु । मेरो स्पिचहरुमा पनि जापानीज स्ट्राटेजी र
सामुराई पोलीसि भनेर सामुराई बिजनेस पोलीसी भन्ने हुन्छ । किन भने जापानीज
धर्म र कल्चरहरु नेपाली संस्कृतीहरुसँग धेरै मिल्छ । धेरैपछि आएको समाज
भएपनि यो धेरै नेपाली समाजसँग मिल्छ । सिन्तो भनेको हाम्रो हिन्दु धर्म
जस्तै छ । हामी यमराज भन्छौं यहाँ यम सामा भन्ने हुन्छ । त्यहाँ चाहिँ
मुर्तिपुजालाई मानिंदैन । सबै आफ्नै र आफैं भगवान भन्ने हुन्छ । बुद्ध
नेपालबाट आउनुभएको हो । हामीलाई हाम्रो अनुहारले मेल खान धोका दिएको मात्रै
हो नत्र यहाँ रहन साह्रै सजिलो छ । नेपालीहरु जहाँ काम गरेका छन् त्यहाँ
जापानीहरुले यति मान्छन्, मन पराउँछन् कि त्यो हाम्रो विशेषता हो । एक
आपसको मन नै मिलेको छ जापानीसँग हाम्रो । भनेको मलाई जापानीज पाराको भन्दा
कुनै अफ्टेरो लाग्दैन ।
अतिथि देवो भव : अभियान थाल्नु भएको छ, यो कस्तो अभियान हो ?
यसमा धेरै साथिहरुले लगानी गर्नुभएको छ । मैले पनि लगानी र मेहनत गरिरहेको
छु । तर सोचे जस्तो राम्रो प्रतिफल दिन सकिराखेको छैन । तत्कालको प्रतिफल
भन्दा पनि राष्ट्रिय अर्थतन्त्रमा केही टेवा पुर्याऔं भनेर हामीले सुरु
गरेका थियौं । तै पनि त्यहाँ ठूला ठूला बिजनेश हाउसहरु पनि ट्रेडिगंमा
मात्र भर परिराखेका छन् इन्डष्ट्रिमा भन्दा पनि । हुन त इन्डष्ट्रिमा
त्यहाँ युनियनहरुको लफडा धेरै छ । विजनेश गर्न थाल्ने वित्तिकै नेपालमा
पैसा कमायो भन्ने सोच्छन् । बिजनेश भनेको त त्यहाँबाट धेरै कुराहरु कटाएर
बल्ल केही पर्सेन्ट लिने हो । त्यसमा पनि त्यो बनाउन लगाएको लगानी कटाउँदा
अत्यन्त न्युन लाभ पाइन्छ । अब तपाईले सोच्नुभयो होला २२ अर्बको रेभिन्यु
भन्ने वित्तिकै २२ अर्बको आम्दानी भन्ने, त्यो होइन । २२ अर्ब इनकम
हुन्थ्यो भने चौधरी जि लाई मैले उहिल्यै उछिनि सकेको हुनेथिएं ।
भन्न खोजेको यो संघर्ष हो । त्यति लगानीलाई तपाईले नेतृत्व दिएर जानु भएको छ । संभवत यो भोलुमको व्यापार नेपालमा कमै छ ।
मैले हेरेको छु सुर्य आइटिसी ग्रुपको २५ अर्ब र चौधरी ग्रुप पनि रेभिन्यु
हेर्दा २०/२२ अर्बकै हाराहारीमा रहेको देखेको छु । अनि मैले त्यो देखेको
कारणले मैले स्मार्ट राज्यको अवधारणा ल्याएं । एनआरएन र सरकारसँग हाम्रो
क्ल्यास जस्तो पनि देखियो । हामी सरकार होइन, हामी एक सिक्काको दुईवटा पाटो
बनेर सँगै हिँड्नुपर्ने हुन्छ । हामी विदेशमा बसेर डेलिभर गर्नुपर्छ ।
त्यसमा सरकारले फ्यासिलेटेड गर्नुपर्छ । त्यसलाई एमओयु नै हामीले गरेको
जस्तो लाग्छ । अतिथि देवो भवः को कन्सेप्ट भन्नु नै पर्यटक बढाउने हुनुपर्छ
। कसरी बढाउने त ? हाम्रो एउटा एजेन्डा त हुनुपर्यो नि । भूटानले संसारको
सबैभन्दा ह्यापिएस्ट कन्ट्रि भनेर प्रचार गरिरहेको छ । हामीले चाहिं नेपाल
आतिथ्यको देश भनेर चिनाऔं । मेरो हजुरबा नै घरमा कोही पाउना आएनन् भने
बाटामा हिंडेको भरियालाई खाना खुवाएर पठाउनुहुन्थ्यो रे । भनेको अतिथिको
लागि हामी त्यति आतिथ्य गर्छौं । तपाई हाम्रो घरमा पनि एक माना केही
कुरालाई आधा बनाएर दिएर खुशी बनाएर पठाउछौं । भनेको हामी हाम्रो त्यो
संस्कार किन संसारलाई नचिनाउने । त्यहि भएर हामीले अतिथि देवो भव भनेर सुरु
गरेको हो । अनि के गर्ने भन्दा हामी विदेशमा छौं हामीले एक जनाले तीन
जनालाई नेपाल घुम्न पठाउने । अहिले भूकम्पपछि घटेर पर्यटक ६ लाखमा झरेको छ ।
यसलाई २०१७ सम्ममा १६ लाख बनाउने भनेर अभियान थालेका हौं । एक जनाले तीन
जनालाई एउटा व्याज हुन्छ त्यो बेच्छौं । त्यो ब्याज लगाएर गएकालाई सम्मान
गर्ने भनेर हामी एउटा मेकानिजम बनाउछौं । यसको मेकानिजमकै लागि हामी ठूलो
तयारी गर्छौं ।
हुनत केही साथिहरुले हामीसँग अहिलेका टुरिष्टलाई
राख्ने त पर्याप्त होटल छैन त्यत्त्रा पर्यटकलाई कहाँ राख्ने ? ठाउँनै छैन
भन्छन् । म उहाँहरुलाई तपाई त्यतातिर जाँदै नजानुस् भन्छु । नेपालमा केही
छैन । नेपालमा हिमाल छन्, पहाड छन् अनि हामीसँग एउटा ठूलो कम्युनिटि छ ।
कल्चर छ, संस्कृति छ । अनि हामीसँग हाँसो छ । अनि उहाँहरुलाई त्यो व्याज
लगाएको पर्यटकलाई जो देखेपनि जसले देखेपनि खिसिक्क हाँसेर नमस्कार मात्र
गरिदिनुस् । जसले गर्दा एउटा पर्यटक दायाँ फर्केपनि, बायाँ फर्केपनि
नमस्कार मात्रै पाउँछ । त्यसपछि उ त्यहाँ त पागल हुन्छ । नेपालमा केही छैन,
म टेन्टमा सुतें । म गुन्द्रिमा सुतें । मम खाँदा पेट पनि पखाला लाग्यो तर
सप्पैले मलाई हाँसेर नमस्कार गरे । त्यस्तो एउटा स्मार्ट वे मा गर्न
सकिन्छ । यसको लागि तपाईलाई इन्डष्ट्रि पनि चाहिएन । अनि त्यो भो भनेदेखि
जति पनि पर्यटक त्यहाँ आउँछन् अनि त्यहीँ ट्याक्स तिर्छन् । होटलवालाले २०
ओटा रुम छन् भने उसैले ३० ओटा रुम बनाउँछन् । तपाईले बनाउ भन्नै पर्दैन ।
आवश्यकता अनुसार बनाउने हो नि होटल । अहिले आधा खालि छ र पो उसले त्यो
ठसक्क गनाएको रुम बनाई राखेको छ । भोली त्यसरी पर्यटक आएपछि उसले भन्दा
उसले राम्रो गर्ने कसेले बढी फ्यासीलिटि दिने भनेर प्रतिस्पर्धा चल्छ ।
त्यसैले प्रतिस्पर्धाको माहौल बनाउँछ । त्यही माहौल बनाउनको लागि चालिएको
अभियान हो अतिथि देवो भवः । अब यसलाई ठोस रुपमा ल्याउँदै छौं । यसमा
विश्वभर छरिएर रहेका हामी नेपालीहरुले देशको लागि सानो सहयोग गर्दा ठूलो
योगदान हुनेछ ।
अरुको लागि पनि प्रेरणादायक खालको सानो उमेरमा गरेका केही कामहरु सम्झनु पर्दा !
मैले वान भन्ने एउटा संस्था खोलेको थिएं । वेलफेयर एडप्सन नेपाल भन्ने
संस्था । मैले त्यतिखेर के पढेको थिएं भने संसारभरका जोडीहरु बच्चा
नजन्मिएर कुकुरलाई समेत बच्चा बनाउनेगरेको भन्ने । अनि उनीहरु नेपाल आएर
त्यस्ता सडक बालबालिकाहरुको लागि डोनेसन दिने अनि त्यो चाहिं बिचकै
मान्छेले खाइदिने भन्ने सुनेको थिएं । सबै ठाउँमा नपुग्ने । अनि त्यो भन्दा
किनचाहिं हामी बच्चा नै हामी सरकारसँग अनुमति लिगौं एडप्ट गर्ने प्रोसेस
बनाइदिउँ भनेर वेलफेयर एडप्सन नेपाल त्यो बच्चा नै एडप्सन गराउने अभियान
चलाएं । उसको जिन त भोली नेपाली नै हो । ती सडक बालबालिका कोही फिनल्याण्ड
जालान् कोही डेनमार्क जालान् कोही स्विजरल्याण्ड जालान् । ती मान्छेहरु
राम्रो परिवार र संस्कार पाएर भोली नेपाल हेर्न फर्कने सक्षम मान्छे मात्र
भइदिएपनि त्यो ठूलो कुरा हुन्छ भनेर मैले त्यो अभियान चलाएको थिएं । अनि
त्यसको लागि मैले फण्ड कसरी संकलन गर्ने भनेरचाहिं बसपार्कमा ठ्याक्क २
रुपैयाँ १ सुका भएको थियो बसको भाडा दुई रुपैयाँबाट बढेर । डाइभरले चाहिं
के गर्थ्यो भने ५ रुपैयाँ वा तीन रुपैयाँ दिंदा तीन रुपैयाँ नै
कटाइदिन्थ्यो । मैले त्यहाँ चाहिं आउनुहोस् पैसा साटौं, २ रुपैयाँ १ सुकानै
उसलाई दिनुस् एक मोहोर हामीलाई दिनुस् एक सुका खल्तीमा राख्नुस् भनेर पैसा
संकलन गर्थ्यौं । अनि त्यसले वेलफेयर एडप्सन नेपालको फण्ड कलेक्सन गर्छौं
भनेर त्यसको स्टार्ट पनि गरेको थिएं मैले । कन्सेप्ट हो नयाँ अभियान थियो
त्यो त्यतिबेला । सहयोगी साथिहरु आ आफ्नो गन्तव्यमा लाग्दा म एक्लो परें
अनि सबैतिर आफैंले नभ्याउने भएर रोकियो ।
बालखकालमा वा केटाकेटी उमेरमा गरेका केही रमाइला पलहरु !
अब त्यो केटीसेटी जिस्क्याउने त सानासानामा गरिहालिन्थ्यो हैन । जसले पनि
गर्ने त्यो उमेरै हो । १५ १६ बर्षको उमेरतिरको कुरा हो । गाउँमा रत्यौलीमा
पुरुषहरु जन्त जाने महिलाहरु रत्यौली खेल्ने गर्छन् । मलाई क्यारिकेचर पनि
आउने भएको हुनाले हामीचाहिं जन्त नजाने रत्यालीमै आउने भनेर हामी सारी,
फरिया, चोलो लगाएर केटी बनेर आएका थियौं । एकछिन त कसैले पनि चिन्न सकेनन् ।
अलि पछि चाहिं पत्ता लगाएर सबैले घेरेका थिए । तर त्यसलाई नराम्रो रुपमा
नलिएर उनिहरुपनि हामीसँगै नाचेका थिए । यो २०४६ ०४७ सालतिर होला ।
अन्तिम पटक कहिले तिर रुनुभएको थियो याद छ ?
म चाहिं आफुलाई योद्धा ठान्ने मान्छे भएर होला । रुनु हुँदैन भन्ने मान्छे
। अहिलेसम्म चाहिं म रोएको रेकर्ड वा आँसु नै आउँदैन मलाई । हजुरबा वित्नु
भयो त्यति बेला केही रोएको थिएं ।
फिल्म हेर्दा चाहिं म रुन्छु
कहिले काहिं । म भावुक मान्छे पनि हुँ । फिल्म हेर्दा चाहिं मजाले आँसु नै
आउँछ । ओसिनको लेटेष्ट मुभि हेर्दा केही रोएको थिएं ।
नेपालको लागि के चाहिं योगदान गर्छु भन्ने मनमा छ ?
नेपालको लागि गर्छु होइन राष्ट्रको लागि सहयोगी हात बन्न चाहन्छु । त्यो
विभिन्न किसिमको हुनसक्छ । एजुकेशन वाईज, इन्फ्रास्टक्चर वाईज अथवा इकोनोमि
स्ष्ट्रक्चर चेन्ज गर्ने हुनसक्छ । मलाई एसेप्ट गरेको खण्डमा राम्रो
सहयोगी बन्ने छु ।
राजनीति कत्तिको मनपर्छ ?
राजनीति नराम्रो भन्दिन । पोलिसी बनाउने ठाउँ हो । सहभागी हुन्छु भन्ने
अहिलेसम्म लागेको छैन । तर राजनीतिमा लाग्दा कुनै बिचारको प्रतिनिधित्व
गर्नुपर्नेहुन्छ त्यस हिसाबले कुनै बिचार राख्दिन म ।
नेपाल पूर्वाधार कम्पनीमा तपाईको नियुक्ती र एनआरएन निर्वाचनमा त राजनीति झल्किएको थियो नी हैन र ?
नेपाल पूर्वाधार कम्पनीमा मेरो नियुक्तीमा त्यहाँ दुई पक्षको फाइट थियो । म
चाहिं कमन व्यक्ति भएको भएर दुवै पक्षलाई मान्य भएर यसले चाहिं गर्न सक्छ
भनेर मलाई नियुक्त गरिएको हो । एनआरएनको विषयमा पनि अहिलेसम्म पनि मलाई कमन
व्यक्तिकै रुपमा चिन्छन् । म हेल्पिगं ह्याण्ड हो सबैको ।
नेपालको राजनीतिका बारेमा तपाईको टिप्पणी ।
अलिकिति जियो पोलिटिक्सले खेलिराखेको छ । जापानमा बुकियो भन्छ मिस
म्यानेजेवल अर्थात् सहि समयमा सहि म्यानेज गर्न नसकेको वास्तवमा भन्ने हो
भने हामी कुनै एलाइन्स होइन । हामी सार्वभौम सम्पन्न स्वतन्त्र राष्ष्ट्र
हो । हामीले दुवै पक्षको चीन र भारत दुवैको सहयोग लिनुपर्छ । कुनैपनि
मान्छेले आफ्नो स्वार्थ साँधेको हुन्छ । चाइना भन्ने वित्तिकै देउता भएर
आउने होइन स्वार्थ राखेकै हुन्छ भारतले पनि स्वार्थ राखेकै छ । जापान
टाढाको छ भनेर यसले राख्दैन भन्ने होइन यसले पनि राखेकै हुन्छ । सप्पैको
स्वार्थमा आफ्नो कुरालाई बिचमा राखेर विकास गर्न सक्ने हो भने हामीले
कसैसँग इगो र शत्रुता राख्नु पर्दैन ।
विवि एयरवेजको नेपाल जापान सिधा हवाई सेवा तयारी के हुँदैछ ?
अझै एक बर्ष लाग्छ होला नेपाल जापान सिधा हवाई उडानको लागि । पहिलो चरणको
इन्स्टलमेन्ट बुझाईसकेका छौं । हामीले दुईवटा क्राफ्ट किन्नको लागि भनेर ।
दोस्रो चरणको काम पनि सकिसकेको छ । उनिहरुले अब रियल प्राइज दिन बाँकी छ
त्यसपछि लोनको प्रोसेसमा जान्छ, अनि हामी किन्नको लागि अगाडी बढ्छौं ।
पहिलो विवि एयरवेज कसरी घाटामा गयो ?
पहिलो विवि एयरवेजबाट त्यस्तै ६० ७० करोड घाटा लाग्यो । पहिलो कारण बिमान
जापान आउन नसक्दाकै कारण घाटा लाग्यो । दोस्रो सरकारले १० प्रतिशत ट्याक्स
कटाउनुपर्छ भनेको, हिजो लक्जरी थियो सप्पै डिजेल पेटोलको सब्सीडिज त्यहाँ
लगिदिन्छ । हामीले हामीलाई मात्र विशेष हैन कि हामीलाई विदेशी एयरलाइन्स
सरहको फ्यासीलिटि देउ भन्यौं । विदेशी एयरलाइन्सले पाएको फ्यासीलिटि हामीले
नपाएको कारण पनि हो एउटा ।
सन् २००४ सालमा ६० हजार जापानीजहरु
नेपाल जान्थे । जवकी त्यतिबेला ओशाका टु काठमाडौं सिधा हवाई उडान थियो ।
अहिले ६० हजारबाट २० हजारमा झरेको छ । यहाँ नेपाल जानसक्ने नेपाली नै अहिले
७० हजार पुगिसके । हिजोको दिनमा नेपाल जानसक्ने नै थिएनन् हिजो त फर्कन
मिल्ने थिएन नि त । आजको दिन भनेको झनै पोसिबिलिटी छ एकदमै राम्रो दिन छ
त्यसलाई सञ्चालन गर्नुनै मेरो लक्ष्य हो आजको दिनको ।
अन्तिम तिर । जीवनको आयु कति खोज्नु भएको छ ?
मैले पहिला देखिनै के भनेको थिएं भने योद्धा हुँ । नेपोलियन बोनापार्ट नै
३३ बर्षमा गए । मलाई त्यस्तो कुनै लोभ छैन जीवनको । त्यति डर राखेर गरेको
भए मैले यतिसम्म रिक्स पनि लिन सक्ने थिइन होला । गर्दै जाने हो भोलि नै
जान पनि सकिन्छ । जहिले जान नि सकिन्छ । सकेसम्म आफु बसेको दिनसम्म युजफुल
मान्छे बन्न सकुं भन्ने चाहना हो । मलाई यति बर