छोडी जानेलाई अन्तिम प्रेम पत्र

Posted on: July 21, 2017 | views: 760

जिन्दगी जीउँदै गर्दा विभिन्न प्रकृतिका सम्बन्धहरु बन्छन् र टुट्छन् । कुनै सम्बन्ध बन्दाबन्दै टुट्छन् कुनै बने पश्चात । जति बनाउन कोशीस गरेपनि बन्दैनन् कुनै सम्बन्ध अनि जति टुटाउन प्रयास गरेपनी टुट्दैनन् कुनै । तर कहिले काँहि गहिराइमा पुगेर भत्किएको भन्दा कैयौंगुणा बढी पीडा यस्ता सम्बन्धले दिन्छ्न जसलाई न बनेको भन्न मिल्छ न टुटेको ।


लाग्थ्यो म खुशी हराएको मान्छे । अब जिवनमा कहिल्यै पनि उम¨गको बहार आउने छैन । प्रफुल्लतामा कसैको अगाडि खुशीको हासो हाँस्न सक्ने छैन । जिन्दगीभर तिम्रो अभाव खड्किरहनेछ । अपुरो र अधुरो जिन्दगी जिउनेछु । यस्तै ( यस्तै सोचेर गए बिगतका केही बर्ष । तर मन भित्रका तहहरु बिच किचियर रहेको नमिठो कल्पनालाइ गलत साबित गर्दै फेरि फर्कियौ तिमी.... । तिम्रो आगमनसंगै फेरीयो मेरो जिन्दगीको नक्शा । कुनै बरिष्ठ इन्जीनियरले बनाउने नक्शा भन्दा कम थियन त्यो । जुन नक्शाका हरेक धर्साहरु तिमी बिना अधुरा थिए । अपुरा थिए ...। हामी दुबैका सपनाका त्यान्द्रा थिए त्यसभित्र ।


तर फेरी डुबेँ म । आशा निराशामा बदलियो । मेरो नक्शामाथी तिम्रा कर्तुतले भरिएका बिचारहरुको रंग भरियो । र बेपत्ता भयौ कहिल्यै नफर्कने गरि । गल्ती मेरै थियो कि ! शरीर हुँदै मनको किनबेच चलिरहेको मायाको बजारमा गरीबिको जाँतोमा पिसिँदा पिसिँदा मसिनो भएर हुर्किएको मैले प्रेम गर्ने आँट गरेँ । त्यो पनि महल भित्र पँैसाको खान्की खायर हुर्किएकी तिमीसंग ।


चरम अभाबमा बाँचेको म र अति सम्पन्नतामा सयर गरेकी तिमी बिचको प्रेम पनि कसरी हुर्किन्थ्यो ? भन्ने प्रश्न आफैसङ हुदाहुदै तिमिलाइ चाहनु सायद मेरो गल्ति थियो । सम्पन्न परिवार, व्यवस्थित पालन पोषण र भय रहित जीवन भोगाएले तिमी शिखरको पाइला चाल्दै गयौ र सफल हुँदै गयौ । सफलताको केही अंश मेरा लागि पनि राम्रै थियो । तिमी जति जति सफल हुँदै गयौ नि, मलाइ हेर्ने तिम्रो नजर बदलिदै गयो । मैले तिम्रो सफलतासंग सम्झौता गर्न खोजेको थिइन । तिम्रो एक दशक अगाडिको स्वभाव सधैं चाहन्थे । जुन समयमा तिमी मलाइ गुरुले झैं पढाउँथेउ । अविभावकले झैं हप्काउथेउ । आमाले झैं सिकाउथेउ । रिसाउथेउ तर फकाउनु पर्थेन, आफै बुझ्थेउ । म तिमीबाट त्यस्तो व्यवहार चाहन्थेँ जुन बनावटी थिएन ।


प्राय तिमी रिसाउँदा मलाई फेसबुकमा ब्लक गर्थेउ र मेरो मोवाइल नम्बर ब्ल्याक लिष्टमा राख्थ्यौ । मैले नयां नम्बरबाट धेरै मेहेनत गरेर बल्ल बल्ल तिमिलाइ फकाउँथे तर तिमि फकिन नचाहदा नचाहदै बोल्थ्यौ र भन्थ्यौ, ‘फकाउन पनि आउंदैन ।’ हो मलाइ फकाउन आउदैन । र रिसाउन पनि आउदैन । महिनौसम्म तिमी मलाइ अनब्लक गर्दिनथ्यौ । मोवाइलको ब्ल्याक लिष्टमा राखेको मेरो नम्बर पनि हटाउंथिनौ । फेरि पनि म रिसाउन्नथें । किनकी सम्बन्ध टिकाउनलाई पनि रिसाउन हुन्न भन्ने सिद्धान्त लागु गर्थें । नरिसाउने अभ्यास गर्थें । नयाँ नम्बरबाट फोन गर्दापनि तिम्रो मोवाइल घण्टौंसम्म व्यस्त हुन थाल्यो । किन व्यस्त भन्दा तिमी अपत्यारिला उत्तर दिएर तर्किन्थ्यौ । मैले विश्वास गर्नुको विकल्प थिएन । धेरै केरकार गर्न थालेपछि तिमी भन्थ्यौ, ‘म घरबाट टाढा छु, समय विताउन गाह्रो हुन्छ, तिमी पनि केयर गर्दैनौ । मलाइ के गरौं ( गरौं हुन्छ त्यसैले साथीसंग लामो कुरा गर्छु ।’


तिमी पनि ‘केयर गर्दैनौ’ भन्ने शब्दहरु मन भित्र पसे । होकी जस्तो महशुस भयो । पहिलेको तुलनामा दिनको एक दुइ पटक बढि फोन गर्न थालेँ । तिमी पहिले जस्तो खुब मज्जाले धेरै कुरा गर्दिनौ, छोटो समय गर्छ्यौ तर अलि अश्लिल गर्न चाहन्छ्यौ र गर्छ्यौ पनि । उल्टै ‘केटा भएर पनि मैले कुरा गर्नुपर्ने’ भनेर मलाइ नामर्द जस्तो बनाइदिन्छ्यौ । तिमीले पवननगर हँुदा गर्ने कुरा बिर्सियौ सानु ?


साँच्ची राजधानीले तिमीमा धेरै परिवर्तन ल्यायो वा शाखा अधिकृतले ? मैले बुझ्न सकिरहेको छैन । पहिला ‘तिमी फोन गर्दैनौ, मेरो केयर गर्दैनौ’ भन्ने तिमीले अब बढि किच किच नगर भन्छ्यौ । फोनको मात्रा कति गर्ने स्केलले नाप्न नसक्दा मेरो प्रेम ओइलाउंदै छ ...... । फोनमा के बोल्ने र के नबोल्ने भनेर नजान्दा मेरो प्रेम सेलाउँदैछ ..... । राती घण्टौंसम्म आफ्नी प्रेमिका अरुसंग मोवाइलमा व्यस्त छे । दुई घण्टासम्म लगातार फोन हान्दा उसको फोन व्यस्त छ । कैयौं प्रयास पछी मात्र बल्ल फोन लाग्छ । करिब पाँच वा छ पटक फुल घण्टी गएपछी फोन उठ्छ । मेरो पहिलो प्रश्न हुन्छ ‘को संग व्यस्त थियौ ?’ तिम्रो उत्तर हुन्छ ‘तिमि आजकाल किचकिच गर्ने भाका छौ ।’


साँच्ची यो पटक मन असाध्यै दुख्यो । एउटाको मन यति बिधि दुखाइ दुखाइ टिकाउन कोशिस गरेको सम्बन्ध कति दिन टिक्ला ? एक न एक दिन त यो सम्बन्ध अवश्य सिसा झैं फुट्छ नै भन्ने एकोहोरो सोच्न थाल्यो मनले । विर्सनु बाहेक केहि विकल्प छैन जस्तो लाग्यो । बिर्सनलाइ तिमिले जस्तै उपाय सोच्न थालें । तिमीलाइ फेसबुकमा ब्लक गरें । तिम्रा दुइवटै मोवाइल नम्बर ब्याक लिष्टमा राखें, र अब बिर्सन्छु भनेर सोच्न थालें । बिर्सन्छु भनेर सोच्ने मान्छेले कसरी बिर्सन सक्ला ? आफैलाई सोधेँ यो प्रश्न र तिमीले विगतमा गरेका व्यवहारहरु सम्झें । सबैभन्दा पहिलो तिमिले गरेको सहयोगको याद आयो । स्कुल देखि क्याम्पस पढ्दासम्मका किताबका समस्या, अलि पछि करियरको समस्या, फेरि व्यवहारको समस्या । सबै(सबैमा तिमी सहयोगी भयौ । जस्तोसुकै समस्या र जुनसुकै परिस्थितीमा कहिल्यै नहिच्किचाई, नहडबडाई सहयोग गर्यौ । साँच्ची तिमी जस्तो सहयोग गर्ने, तिमी जस्तो माया गर्ने कोही छैन । अनि तिमि जस्तो घृणा गर्ने पनि कोहि छैन मलाई ।


तिम्रा ओठले पहिलो पटक क्ष् यिखभ थयग भन्दा मोवाइलको इस्पिकरले सुनाएको थियो । त्यसपछिका हाम्रा प्रेमलापहरु सबै मोवाइलमै भए । मेरो आँखा अगाडी तिमीलाई कहिल्यै क्ष् यिखभ थयग भन्न सकिन । तिमिले कहिल्यै सुन्न चाहिनौ पनि । फोनमा धेरै कुरा गथ्र्यौं । तर कहिल्यै पनि कुनै गार्डेन वा प्रेम पार्कको शितल छहारीको दुबोमा बसेर घण्टौंसम्म मायाका कुरा गर्न सकिएन । बन्द कोठाभित्र तिमि र म मात्र रहँदाको समयमा पनि ओठसंगको निकटता बढाइन । तिम्रा पुष्ट नितम्बहरु देखेर मेरा आँखाहरुले घुटुक्क रस निलेनन्, बरु संधै सम्मान गरे । खै किन हो, यो मनले तिमिलाई एउटा केटी वा प्रेमिका वा हुनेवाला श्रीमतीको रुपमा मात्र हेर्न चाहेन । एउटा सहयात्री, अविभावकको रुपमा समेत सम्मान गरें । शारिरीक सामिप्यता क्षणिक हो भन्ने सोचें । धेरै सोच्नु नै मेरो गल्ती थियो कि ! सायद मैले पनि देखाउनुपर्ने थियो होला मर्दाङ्गीपन । जति सक्दो तिम्रो शरिरको प्रशंशा गर्दै रस चुस्न तर्फ लालायीत हुनुपर्थ्यो होला । एक दिन मौका मिलाएर तिमलिाई नङ्याउनु पथ्र्याे र बेपत्ता हुनुपथ्र्याे । यस्तो मोर्डन प्रेम गर्ने तरिका अपनाउनु पथ्र्यो होला । मैले गरिन र फेल भएँ । कम्तिमा मैले त्यो गरेको भए, मैले प्रेम गरेर के पाएं भनेर आफैसंग प्रश्न गर्ने ठाउं रहने थिएन । मलाई जवाफ मिल्थ्यो र मन शान्त रहन्थ्यो होला । तर अहिले तमाम प्रश्न छन् । जवाफ छैन । त्यसैले मन छटपटीएको छ ।


तिमीसंग विताएको विगत र हालसम्मको समय मेरो जिन्दगीका सबैभन्दा स्वर्णीम दिनहरु हुन् । सांच्ची सानु तिम्रो ठाउँ यो दिलमा कसैले लिन सक्ने छैन । यो मनले कहिल्यै विर्सन सक्ने छैन । पारिवारिक पृष्ठभूमी, शैक्षिक योग्यता, पेशा, करियर सबैमा तिमी माथी छौ । तिम्रो जिवनमा दुख कहिल्यै हुने छैन । खुशी नै खुशीले बित्ने छ तिम्रो जिवन । तर तिम्रो खुशीमा म रमाउने छैन अब । तिम्रो खुशीका पलहरुको साक्षि म हुन पाउने छैन । यहि त छ दुःख । अहिले महशुस हुंदै छ वास्तवमा धेरै कुराहरुले म तिम्रो लायक रहेनछु ।


तिमिले सोचेको जस्तो बन्न सकिन यहि कुराले छटपटाहट हुन्छ । स्कुल, क्याम्पस पढ्ने बेलामा तिम्रो र मेरो हैसियत एउटै थियो । किताब उहि, क्लास उहि, बेन्च उहि, शिक्षक उहि । तिमि अलि छिटो बुझ्थ्यौ । म अलि कमजोर थिँए । फरक धेरै थिएन । तर अहिले धेरै फरक भयो । तिम्रो उच्च सामाजिक हैसियत र कमाइ छ । म अझै संघर्ष गरिरहेको छु । महिलाहरु जति उच्च पद र ओहोदामा पुगेपनि आफ्नो जिवनसाथी चाहीँ आफुभन्दा जेठो, ठुलो जागिर र अविभावकत्व चाहन्छन र त्यस्तै मान्छे खोज्छन् भन्ने सहि रहेछ । तिमीभन्दा जेठो र ठुलो जागिर त म संग छँदै छैन सायद अविभावक बन्न सकिन वा तिमीले बनाउन सकिनौ ? तिमीलाई थाहा होला ।