काठमाडौं ।
लोकप्रिय गायिका शान्ति श्री परियार र गायक बिनोद भण्डारीले नेपाली नारीहरुको ठूलो चाड तीजमा नारीकै समस्यालाई तीज गीतमा ल्याएका छन् ।
मुग्लिनको बाटो भएर घर जान समस्यामा परिरहेका नागरिकका समस्यालाई बोकेर तीजमा यो बाटो भएर घर जाने चेली समस्यामा पर्ने भन्दै नारीहरुकै समस्या बोकेर गित ल्याएको गायक भण्डारीले बताए ।
मुग्लिनको बाटो हिँड्दा धुलो र समस्यामा परेर आफुसँगै गएका व्यक्तिले आफ्नै मान्छे चिन्न नसक्ने अवस्था आएको पिडा गितमा सफल रुपमा प्रस्तुत गरिएको छ ।
शिव अखेलिको शब्द र नरेश खाती क्षेत्रीको लयमा प्रस्तुत तिज गितमा हास्य कलाकारद्धय यादव देवकोटा 'सरापे' र सुशिला निरौला 'बिमली'को अभिनय रहेको छ ।
प्रकाश भट्टले निर्देशन गरेको भिडियोको छायांकन करण चैसियर र सम्पादन बिष्णु शर्माले गरेका छन्, गीतलाई आशिष म्युजिक प्रालिले बजारमा ल्याएको हो ।