कलाकारको होलीमा बाबुराम देखिए 

Posted on: May 02, 2016 | views: 176

१० चैत, काठमाडौँ । सर्वसाधारणले जस्तै कलाकारले पनि आज फागुपूर्णिमा अर्थात् रङको पर्व होली धुमधामसँग मनाएका छन् । 

    नेपाली रजतपटकी सदावहार नायिका करिष्मा मानन्धरले आफ्नै निवास गोदावरीमा आयोजना गरेको होली कार्यक्रममा चलचित्र क्षेत्रसँगै राजनीतिक र विभिन्न क्षेत्रका व्यक्ति तथा सर्वसाधारणको उपस्थिति थियो । नयाँ शक्ति, नेपालका संयोजक डा बाबुराम भट्टराईको उपस्थितिले थप रौनकता थप्यो । पूर्वप्रधानमन्त्री भट्टराईले पूर्णरूपमा खुलेर होली नखेले पनि टीका लगाएर पर्व मनाउनुभएको थियो । 

    भट्टराईको नयाँ शक्तिमा रहेकी नायिका मानन्धरको होली कार्यक्रममा साथ दिन उहाँ उपस्थित हुनुभएको थियो । नयाँ शक्तिमा लागेका कलाकार सरोज खनाल पनि करिष्माको निवास पुग्नुभएको थियो । 

    अपराह्न १२ः३० बाट सुरु भएर दिउँसो करिब ४ः३० बजेसम्म चलेको होलीमा साथ दिन कलाकारहरू रमेश उप्रेती, शिल्पा पोखरेल, भुवन चन्द, किरण केसी, रङ पत्रकारलयागतको उपस्थिति थियो ।

    त्यस्तै, नायिका रेखा थापा र निर्माता÷निर्देशक आकाश अधिकारीले पनि संयुक्त रूपमा होली पर्वको आयोजना थिए । दिउँसो १ बजेबाट महाराजगञ्जस्थित रेड स्टुडियोमा होली आयोजना गरिएको थियो ।

तस्वीर साभार सेतेपाटी डटकम ।