पत्रकार दाहालले ल्याए पत्रकारिताकै गीत

Posted on: May 03, 2016 | views: 256

रुकुममा रहेर पत्रकारिता गरिरहेका पत्रकार धनवीर दाहालले आफ्नो पेशासँग सम्बन्धीत गीत बजारमा ल्याएका छन् । समाज रुपान्तरणमा पत्रकारको भुमिका अहम हुने कुरा गीतमा समेटिएको छ । उनको गितमा पत्रकारहरुको संगठनहरुमा प्रेस चौतारीले खेलेको अग्रणी भुमिकालाई समाबेश गरिएको छ । प्रेस चौतारी नेपाल कलमकर्मी र श्रमजिवीहरुको संगठन भएको कुरा सो गितमा उल्लेख गरिएको छ ।

जनआन्दोलन २०६२/०६३ का घाइते पत्रकार समेत रहेका दाहाल, विगत ११ वर्षदेखी रुकुममा रहेर पत्रकारिता गरिरहेका छन् ।

सो गीतको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले रुकुम मुसिकोटमा एक समारोहका बिच लोर्कापण गरेका थिए । पत्रकार धनवीर दाहालले शव्द संकलन गरेका छन् भने गायक किरण वावु पुन र गायिका भूमिका गिरीले स्वर दिएका छन् । गीतको लोर्कापण गर्दै नेता नेपालले यस्ता गीतहरुले पत्रकार र समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

उनले पत्रकार दाहालले गीतको माध्यमबाट पत्रकारिताबारे प्रष्ट्याएकोमा बधाई ज्ञापन गरेका थिए । पत्रकार दाहाल प्रेस चौतारी नेपालको राप्ती अञ्चल समुन्वय कमिटीका सदस्य हुन् । 

 

यो गीत तलको लिंकमा क्लिक गरेर सुन्न सकिन्छ । 

www.freenepalimusic.com/mp3/12470

Song Title:- Press Chautari
Vocal:- Kiran Babu Pun & Bhumika Giri
Shabda:- Dhanabir Dhahal
Sangeet:- Kiranbabu Pun
Song Provider:- Kiran Babu Pun

हिम सम्झौता डिजिटलको प्रस्तुती लोकप्रिय सर्जक तथा गायक किरण बाबु पुनको संगीत अनि सञ्चारकर्मी तथा पत्रकार धनविर दाहालको शब्द साथै किरण बाबु पुन र भुमिका गिरीको सुमधुर स्वरमा सजिएको श्रमजीवी पत्रकारहरु प्रति समर्पित धनविर दाहालको गित “प्रेस चौतारी” Listen and MP3

www.freenepalimusic.com/mp3/12470