अर्चनाको जवानी बिक्रीमा (भिडियो सहित)

Posted on: May 03, 2016 | views: 351

काठमाडौं ।  चलचित्रमा आइटम डान्स गर्दै आएकी अर्चना डेलाला चलचित्र आवेगबाट नायिकाको रुपमा देखिदै छिन् । चलचित्र आवेगबाट अर्चना डेलालाको जवानी बिक्रीमा बाहिरिएको छ । ‘आवेग’ को आइटम गीत ‘कोही भन्छन् हिरा मलाई कोही भन्छन् मोती, विक्रिमा छ यौवन मेरो किन्ने कोही छौकी’ बोलको गीत बाहिरिएसँगै अर्चनाको जवानी बिक्रीमा छाडिएको हो । विभिन्न चलचित्रमा आइटम डान्स गर्दै आएकी अर्चनाले यो फिल्म मार्फत उनी नायिकाको रुपमा देखिदै छिन् ।

वसन्त निरौलाको निर्देशन रहेको आवेगमा आर्यन सिग्देल, पवित्रा आचार्य र ध्रुव दत्त मुख्य भूमिकामा देखिने छन् । फिल्मको सार्वजनिक आईटम गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् भने भारतीय गायिका ममता शर्माले स्वर दिएकी छिन् । आउदो १२ चैतवाट यसको प्रदर्शन हुने भएको छ ।