अब चाहिएन कोमल ओलीलाई पोई !

Posted on: June 03, 2017 | views: 512

लोक  तथा  दोहोरी गायिका कोमल ओलीले आफूलाई अब पोइ नचाहिने बताएकी छिन् । २०७४ सालको हरितालिका तीजलाई लक्षित गर्दै उनले ‘ओइ शिव ओइ मलाई चाहिएन पोई’ बोलको गीत रेकर्डिङ गराएकी छिन् । ‘पोइल जान पाम् शिव’ बोलको तीज गीतले चर्चा पाएपछि कोमलले हरेक तीजमा त्यस्तै प्रकृतिका गीत गाउँदै आएकी छिन् । उनले गत वर्षको तीजमा ‘पोइ चाहियो भनेर गीत गाउने लास्टै चोटी हो’ भन्ने गीत गाएकी थिइन् ।


सोही गीतमा गायक पशुपति शर्माले ‘दिदी कुरा बुझ्या खोइ, राजनीति गर बरु किन चाहियो पोई’ भनेर पुरुषको स्वर दिएका थिए । गायिका ओली राप्रपाको केन्द्रिय सदस्य पनि हुन् ।

यसपालीकोे गीतमा पनि पशुपति शर्माकै स्वर रहने उनले जानकारी दिइन् । उक्त गीतमा गायिका ओलीले ‘पोहोर तीजमा लास्टै चोटी भनि गीत गाएँ ।


सब जनाको माया पाएँ, राजनीतिमा लाएँ’ भनेकी छन् भने त्यसैको प्रतिउत्तरमा पशुपति शर्माले ‘भष्ट्राचार गरेर अरुले झैं नगरे है पाप, ग¥यौ भने जनताले पार्नेछन् पत्तासाफ’ भनेका छन् । सो गीतमा पशुपति शर्माको शब्द तथा संगीत रहेको छ । गीत यसै हप्ता बजारमा आउने गायिका ओलीले जानकारी गराइन् ।