रोल्पा रोगको ट्रेलर सार्वजनिक(भिडियो सहित)

Posted on: May 03, 2016 | views: 233

दिपेन्द्र प्रकाश केसि, काठमान्डौ 
ग्रामिण भेगमा बस्ने युवाहरुको जीवन भोगाई तथा सर्वसाधारणले सशस्त्र द्वन्द्वका बेला पाएको दुःख र संघर्षको बिषय बस्तुलाई    उठान गरेको चलचित्र रोल्पा रोगको ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा तत्कालीन विद्रोही नेकपा (माओवादी)को सशस्त्र युद्ध र त्यसले उब्जाको एउटा सानो घटनालाई कथामा उतारेको निर्देशक दिपक वलीले बताएका छन।  

फिल्ममा शिशिर भण्डारी, कुलदीप अधिकारी, जनक थापा, सुशील पोखरेल, रामबावु आक्रोश, विनु खड्का, मुकुन्द भुसाल, जोनी अञ्जान, रीतु रसाइली लगायतका कलाकारको अभिनय हेर्न सकिने  छ ।  

                   ए वान मुभी मेकर्सको ब्यानरमा बनेको यो फिल्मको प्रस्तुतकर्तामा निर्मला वली छिन् भने थलबहादुरी वलीको  लगानी रहेको  छ । नवराज उप्रेती र निशल पौडेलको छायांकन, अशोक बीकको नृत्य निर्देशन, गोविन्द मधुर आचार्य र शिशिर भण्डारीको फिल्ममा संगीत छ । यो फिल्म बैशाख १७ गते रिलिज हुने बताईएको छ ।