निर शाह भन्छन्-'अनमोल र शेरबहादुर अहिलेका सुपरस्टार'

Posted on: May 02, 2016 | views: 241

ज्येष्ट चलचित्र कलाकार,निर्देशक तथा निर्माता समेत रहेका निर शाह पछिल्लो समय चलचित्र बाट टाढा भईसकेका छन् ।

केहि महिना अघि देखि उनी नेपाल टेलिभिजनको अध्यक्ष पद बाट पनि बिदा भईसकेपछि अहिले उनी कलाकारिता बाट फुर्सदिला बनेका छन् ।

यद्दपी चलचित्रका बारे दैनिक जसो अपडेट छन् । उनले एक कार्यक्रममा फिल्मीबजारकर्मी संग कुरा गर्दै पछिल्लो चलचित्रका बारे कुरा गरेका छन् ।

पछिल्लो समयमा प्रदर्शनमा आएका ‘प्रेम गीत’ ‘क्लासिक’ र ‘ड्रिम्स’को बारे कुरा गर्दै तीनै फिल्मले राम्रो ब्यापार गरेको बताउदै अहिलेको सुपरस्टार अनमोल केसी रहेको दाबी गरे । अनमोलको टाउको पनि बिक्ने भन्दै अनमोलले धेरै फिल्म खेलेका नायकहरुलाई पनि रिप्लेस गरेको प्रतिकृया दिए ।

राजनैतिक बिषयमा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा सुपरस्टार रहेको बताए ।

उनले ठट्यौली पारामा कुरा गर्दै भने अहिले जे छ शेरबहादुर र अनमोलकै छ र सबै यस्तै हुन् । अनमोल अभिनित चलचित्र ‘ड्रिम्स’ले नेपाली बक्स अफिसमा राम्रै ब्यापार गरेको रिपोर्ट छ ।

साथै अब उनले अभिनय सिक्ने खबर पनि आईरहेका छन् । चलचित्रले राम्रो ब्यापार गरे पनि अनमोलको अभिनय नरहेको फिल्मीबृतमा प्रतिकृया छ ।

ड्रिम्स प्रदर्शन-टोक्यो सँगै नागोया टिकट पनि सकिन लाग्यो

नेपालमा ड्रिम्स चम्कंदा जापानमा पर्खाइ बढ्यो