बलिउड अभिनेत्री अस्पताल भर्ना

Posted on: May 02, 2016 | views: 276

एजेन्सी । बलिउड अभिनेत्री विद्या बालन अस्पताल भर्ना भएकी छन्। पत्थरी भएको आंशका भएपछि उनी मुम्बईस्थित हिन्दुजा अस्पताल भर्ना भएकी हुन्। मंगलबार उनलाई उनका पति सिदार्थ रोय कपुर ढाड पीडा भएपछि अस्पताल रहेका थिए। विद्यालाई स्वास्थ्य समस्या आउँदा उनीहरु नयाँवर्ष र विद्याको जन्मदिनको छुट्टी मनाउन जाँदै थिए र उनीहरु प्लेनमा थिए।
विद्यालाई असह्य पीडा भएपछि उनीहरूलाई प्लेनबाट उतारिएको थियो। त्यसपछी विद्यालाई एयरपोर्टको क्लिनिकमा उपचार गरियो। तत:पश्चात उनीहरु मुम्बई फर्किएका थिए। अस्पतालमा गरिएको प्रारम्भिक रिपोर्टले उनलाई मृगौलामा पत्थरी भएको देखाएको छ।