तपाईलाई रुवाउनेछ यो दृश्यले-जसको लागि गरिँदैछ अप्रील तीनमा साँस्कृतिक साँझ

Posted on: May 02, 2016 | views: 291

मदन पाठक-६ फागुन, टोक्यो ।
एउटा यस्तो पूण्यकर्म जसको लागि मन्दिर धाइराख्नै पर्दैन । मनोरञ्जन लिन कार्यक्रममा सहभागी भएरै त्यस्तो पूण्य कर्ममा सहभागी हुने मौका जुराईदिएको छ जापानमा क्रियाशिल आवर ग्रुपले ।

सुदुरपश्चिमको बैतडी जिल्ला देहिमाण्डु गाविस वडा नम्वर ६ मा रहेको पूर्णबहादुर बोहराको परिवारलाई आर्थिक सहयोगको लागि अंग्रेजी महिनाको आगामी अप्रिल ३ तारिखका दिन जापान टोक्योमा नेपाली नयाँ बर्ष २०७३ को अवसर पारेर सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् ।

हेर्दा एउटा परिवारलाई आर्थिक सहयोग गर्ने जस्तो देखिएपनि यसभित्रको कथा र कहानी भने हृदयविदारक छ ।
भएका चारजना सन्तानमा चारै जना माशंपेशी सम्वन्धि रोगले थलिएर एकठाउँबाट हिँडडुल गर्न नसक्ने, सबै काम अरुलेनै गरिदिनुपर्ने अवस्थाका सन्तान र गरिविले थिचेको पूर्णबहादुरको घरखेत समेत अब आफ्नो रहेन । बैंकबाट लिएको ऋणले घरजग्गा बैंकले लिंदैछ भने छोरीहरुको उपचारको लागि साहुसँग लिएको ऋणले साहु बाँकी जग्गा जमिन हडप्न लागिरहेको छ ।

आफैं अशक्त उमेरमा पुग्न लागेका पूर्ण बहादुर र श्रीमती जेनतेन चार छोरीलाई खुवाउने र पढाउने त आफुले बोकेरै गराइरहेका छन् तर अब उनको यो रथ थप चल्न सक्ने अवस्थामा छैन । बुढ्यौलि शरिर बच्चाहरुको सँधै जसोको क्रन्दन र आँशुले नुहाउँदै आएका यिनै पूर्णबहादुरको चार अशक्त सन्तानको उपचार र शिक्षाको पवित्र कामको लागि आयोजित सांस्कृतिक साँझबारे समेटेर हालै आवर ग्रुप समुहले भिडियो सार्वजनिक गरेको छ ।

नेपालबाट लोकप्रिय कलाकारहरु सहित कार्यक्रम गर्न लागेको आवर ग्रुपका बिनोद भण्डारीले कार्यक्रमबाट उठेको सम्पूर्ण मुनाफा ति अपाङ्गता भएका बालबालिकाको शिक्षा र भविष्यको लागि खर्चने भएकाले जापानमा रहेका सबै नेपालीको साथको अपेक्षा गर्नुभयो ।

आयोजक समुहका भण्डारीका अनुसार अप्रिल तिन तारिखमा जापान टोक्यो, मिनामी ओत्सुका हलमा साँझ ५ बजेबाट कार्यक्रम सुरु हुनेछ  ।
कार्यक्रमको लागि चर्चित गायक राजु ढकाल सहित विभिन्न कलाकार नेपालबाट जापान आउने भएका छन् ।

नेपाली नयाँ बर्ष सांस्कृतिक साँझ २०७३ नाम दिइएको कार्यक्रमको लागि चर्चित गायक युवराज आचार्य नेपालबाट मोडल रश्मि तामाङ सहित हांस्य कलाकारद्धय सुलेमान शंकर र प्रदिप कार्कीपनि जापान आउने भएका छन् ।

नेपालबाट आएको टोलीसँगै जापानमै रहेर नेपाली गितसंगितमा लागि परेका चर्चीत गायक सुर्य खड्का सहित आयोजक समुहका सदस्य तथा गायक बिनोद भण्डारीले समेत सांगितिक प्रस्तुति पस्कने भएका छन् ।

साथमा सावित्रि जोशीको गित सहित संगिता, मनिषा र निशाको जोडदार नृत्य रहने छ ।

भिडियो हेर्नुहोस्

अपाङगता सहयोगार्थ नयाँ बर्षमा साँस्कृतिक साँझ