करिश्मा विनोद सम्वन्ध नातामा सिमित, भोट खसाल्न नपाएपछि करिश्माले यस्तो खुलाइन्

Posted on: May 14, 2017 | views: 733

काठमाडौं ।

स्थानीय तह निर्वाचनको लागि आइतबार ३४ जिल्लामा मतदान भएको छ । नायक राजेश हमाल देखी ३४ जिल्लामा मतदान केन्द्र पर्ने अन्य कलाकारहरुले आ‍(आफ्नो केन्द्रबाट भोट खसालेका छन् ।


तर, राजधानीमा नै रहेकी नायिका तथा नयाँ शक्ति नेपाल पार्टीकी केन्द्रिय सदस्य करिश्मा मानन्धरले भने काठमाडौंबाट भोट हाल्न पाईनन् । यसको कारण हो उनको मतदाता नामावली सप्तरीमा हुनु । उनले भोट हाल्न नपाएपछि फेसबुकमा श्रीमान विनोद मानन्धरमाथि आक्रोश पोख्दै एक स्टाटस लेखेकी छिन् ।


उनले फेसबुकमा लेखेकी छिन्, ‘सायद यो लेख्न हुँदैन थियो तर हद भयो सहने हरेक कुरा त परिवार आफ्न्त र छोरीको लागि सहे । यसैपनि विनोद जीको असाध्यै राम्रो मान्छे भन्ने इमेज छ । तर, आज मेरो मालिक बन्ने तानाशाहीको हदले गर्दा मेरो मनले सहन मानेन । विनोद, तिमी एउटा परिवारमा बस्छौ र परिवारका हरेक सदस्यहरुको आफ्नो अधिकार र चाहनाहरु हुन्छन् । तिम्रो एकल निर्णयले हुँदैन । सबै कुरामा तिमीनै मालिक बन तर केही कुरा सहन सकिँदैन । म काठमाडौंको नागरिकता भएको मान्छे, उहाँसँग विवाह गरेपछि सप्तरी राजविराजबाट मेरो नागरिकता मानन्धरको नाममा परिवर्तन गरियो, म चुप लागे सायद श्रीमानकोमा रख्नु पर्छ होला भनेर ।

यत्रो बर्ष भयो उहाँले मेरो भोटिङ कार्ड बनाईदिनु भएन । हामी लाजिम्पाट बस्छौ आफ्नो र छोरीको बसाई सराई गरेर उहाँले भोटिङ कार्ड लिनु भएछ तर उहाँले मेरो पनि लिनु पर्छ भनेर जरुरी सम्झिनु भएन । मैले उहाँलाई सोधे तर वास्ता गर्नु भएन । म आफै गएर ३ घन्टा लाईन बसेर रजिस्ट्रर गरेँ । बसाई सराईको कागज पनि थिएन त्यसैले सप्तरीको लिस्टमा पुगेछ । न म राजबिराजको हो न म त्यहाँ कहिले बसेको छु कसरी गएर भोट दिने रु अरु सब कुरामा उ मेरो मलिक होला तर मेरो नैसर्गिक अधिकारमा पनि स्वामित्व जमाउन खोजेको मलाई सह्य भएनँ ।’


मतदान गर्न नपाएपछि करिश्माले फेसबुकमा पोखेको यो स्टाटसबाट पति(पत्नीको सम्बन्ध कतिसम्म बिग्रेको छ स्पष्ट हुन्छ । यद्यपी उनले यो स्टाटस भने हटाएकी छिन् ।


तर उनले राती पुन म आजको नारी हुँ, दबाउने प्रयास नगरे हुन्छ पनि अर्को स्टाटस लेखेकी छिन् । नायिका मानन्धर पछिल्लो समय बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टिमा आवद्ध छिन् ।