नारायण कँडेलको देशप्रेमको गित पाँच दिनमा ५५ हजारले हेरे (भिडियो सहित)

Posted on: May 01, 2016 | views: 534

५ चैत, टोक्यो ।
गीतकार नारायण कँडेलको एकल गिति एल्बम सलामीको 'चाहिँदैन मलाई तोपको सम्मान...' बोलको म्युजिक भिडियो सामाजिक सञ्जाल युट्युवमा लोकप्रिय बनेको छ ।

युट्युवमा राखिएको ५ दिनमै भिडियोलाई ५५ हजार बढी पटक हेरिएको छ । नेपाल प्रहरीका लोकप्रिय एसएसपी रमेश खरेलको अभिनय रहेको गितमा गायक प्रमोद खरेलको आवाज रहेको छ ।

अर्जुन पोखरेलले संगीत दिएको गीतको भिडियोलाई शसान कँडेलले निर्देशन गरेका छन् ।

'छाडा गित मात्र धेरै हेरिन्छन् र लोकप्रिय हुन्छन् भन्ने भ्रमलाई मेरो देश प्रेमको भावनाको यो गितले चिरेको छ' सामाजिक सञ्जालमा व्यापक सेयर र युट्युवमा लोकप्रिय बनेपछि टपनेपालन्युजडटकमसँग छोटकरी प्रतिक्रिया दिंदै गितकार कँडेलले भन्नुभयो-'सबै नेपालीको देश प्रेमको भावना समेटेको गितलाई मन पराउनुहुने र हौसला दिनुहुने सबैमा धन्यवाद दिन चाहन्छु यसले कलाको क्षेत्रबाट पनि आफ्नो देश र माटो प्रति थप केही गर्ने हौसला मिलेको छ ।'


गितकार नारायण कँडेल र उहाँका यसअघिका रचना र गितहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

एसएसपी रमेश खरेलले भने-'चाहिँदैन मलाई तोपको सम्मान र सलामी'(भिडियो सहित)

'दोहोरी गित फोहोरी हुन थाल्यो'-गितकार कँडेल'