हलमा चलेकै दिन हिन्दी चलचित्र बाहुबली २ अनलाईनमै (यहाँ हेर्नुहोस्)

Posted on: April 28, 2017 | views: 3445

काठमाडौं ।

नेपाली चलचित्र उद्योगको बजार सानो भन्दै आलोचना र टिप्पणी गर्नेहरुले नै ३ करोड रुपैयाँ तिरेर नेपालमा चलाउन किनेको हिन्दी चलचित्र बाहुबली प्रदर्शकै दिन अनलाईनमा भेटिएको छ ।


अहिलेसम्मकै महंगो मूल्यमा नेपालमा चलाउन किनिएको भनिएको बाहुबली विभिन्न भारतीय अनलाईनहरुमा भेटिन थालेको छ ।


गुगलमा बाहुबली २ फुल मुभि अनलाईन वाच भनेर खोज्दा विभिन्न लिंकमा भेटिन थालेको यो चलचित्र  गुणस्तर भने कम भेटिएको छ ।


हलमा लुकेर खिचेकाहरुले चुहाएको चलचित्र टोरेन्टमा समेत यसरी खोज्दा विभिन्न गुणस्तरका फाइलमा  पाइन थालेको छ ।


यसरी चलचित्रलाई खिच्नै विभिन्न अनलाईनमा राख्दा चलचित्रको व्यापारमा असर पार्ने ठानिएको छ । यो चलचित्रको केही भाग एक महिना अघि समेत स्टोरबाट चोरेर अनलाईनमा राखिएको पाइएपछि चलचित्र निर्देशकहरुले उनिहरुमाथि कानुनी कारवाही अघि बढाएका थिए ।


अनलाईनमा भेटियो बाहुबली २