१७ तारिखमा टोकियोमा 'प्रेम गित'

Posted on: May 03, 2016 | views: 393

४ चैत, टोक्यो ।
यस बर्ष सर्वाधिक लोकप्रिय बनेको म यस्तो गित गाउँछु, जुन प्रेम गित बनोस् बोलको गित समावेश चलचित्र प्रेम गितको टोक्यो प्रदर्शन टिकट पचास प्रतिशत विक्रि भएको छ ।

चलचित्र प्रेम गितको जापान प्रदर्शन अधिकार पाउनुभएका ईश्वर श्रेष्ठले टपनेपालन्युजडटकमलाई दिनुभएको जानकारी अनुसार अप्रिल १७ तारिखमा चलचित्र टोक्योको मेगुरो कुमिन सेन्टरमा प्रदर्शन हुँदैछ ।

सुर्दशन थापा निर्देशित चलचित्र प्रेमगीतले नेपालमा सफल व्यापार गरेको थियो भने विभिन्न देशमा यसको प्रदर्शन भइरहेको छ ।

नेपाली नयाँ वर्ष २०७३ सालको अवसर पारेर टोकियो मेगुरो कुमिन सेन्टरमा आगामी अप्रिल १७ तारिकका दिन प्रेमगीत चलचित्र प्रर्दशन गर्न लागेका ईश्वर श्रेष्ठले भन्नुभयो-'टिकट बुकिङ खुल्ला भएदेखी नै जापानमा रहनुभएका नेपालीहरुले देखाउनुभएको उत्साह झन बढेर गएको छ सायद अब हप्तादिनमा टिकट सकिन्छ होला ।'

जापानमा चलचित्र प्रर्दशनको जिम्मा नाङलो घर तथा मिनामी डाईनिङले पाएको हो भने श्रेष्ठ यसका सञ्चालक हुनुहुन्छ ।

प्रेम र रोमान्स सहित सुमधुर गितहरु समावेश चलचित्र प्रेम दिवसको संघारमा नेपालमा प्रदर्शन गरिएको थियो चलचित्रमा प्रदिप खडका, पुजा शर्मा, सरोज खनाल लगायतको मूख्य अभिनय रहेको छ ।
राजधानी टोक्योमा हुने प्रेम गित प्रर्दशन अप्रिल १७ तारिख साँझ ५ बजे हुँदैछ । चलचित्र प्रेमगित राजधानी टोक्यो सँगै ओकिनावा, नागोया, फुओकामा पनि प्रदर्शन हुँदैछ ।

३ हजार यान टिकट दर राखिएको चलचित्र प्रेम गित हेर्न चाहनेल तल उल्लेखित नम्वरहरुमा सम्पर्क गरेर टिकट बुकिङ गर्न सकिने आयोजकले जानकारी दिएको छ ।
ईश्वर श्रेष्ठ             : ०८०-५९०७-२००५
राज कुमार शेरचन : ०८०-४२९०-३१९९
सुवास लामिछाने   : ०८०-२०८८-५०४८