ड्रिम्स प्रदर्शन-टोक्यो सँगै नागोया टिकट पनि सकिन लाग्यो

Posted on: May 02, 2016 | views: 273

मदन पाठक-३ चैत, टोक्यो ।
हप्तादिनमै २ करोड बढीको व्यापार सहित नेपालमा सर्वाधिक लोकप्रिय बन्दै रेकर्ड बनाएको चलचित्र ड्रिम्सको जापान प्रदर्शन भव्य हुने पक्का भएको छ ।

चलचित्रका नायक अनमोल केसी सहित निर्देशक रहेका भूवन केसी समेत जापान आउने भएपछि राजधानी टोक्योमा हुने अप्रिल १० र नागोयामा हुने अप्रिल १७ तारिखको टिकट बुकिगं अन्तिम चरणमा पुगेको छ ।

जापानमा चलचित्र प्रदर्शनको अधिकार पाउनुभएका सफल व्यवसायी प्रल्हाद सिंह महतका अनुसार अप्रिल १० तारिखमा जापानको राजधानी टोक्योमा रहेको नाकानो जेरो हलमा प्रदर्शन हुने ड्रिम्सको सबै टिकट विक्रि गर्न लगिसकिएको छ । बजारमा लगिएका मध्ये आधा बढी टिकटको अर्धकट्टी आइपुगिसकेको छ भने बाँकी विक्रि भइरहेको र यो हप्ताभरीमा सबै टिकट सकिने भएको छ ।

चलचित्रका लोकप्रिय युवा नायक अनमोल केसीसँगै बसेर चलचित्र हेर्न पाउनुका साथै टिकटबाटै बम्पर अफरमा विभिन्न आकर्षक योजना समेत सार्वजनिक गरिने खवर पछि टिकट विक्रि ह्वात्तै बढेको हो । राजधानी टोक्योमा एउटा मात्र शो प्रदर्शन हुने भएकाले पनि टिकट बुकिंग धेरै अघि सकिन लागेको पाइएको छ ।

नयाँ बर्ष २०७३ को अवसर पारेर प्रदर्शन गर्न लागिएको चलचित्र नागोयामा पनि प्रद्यर्शन गरिँदैछ । नागोयामा प्रदर्शनको जिम्मेवारी पाउनुभएका रोशन कार्कीले दिनुभएको जानकारी अनुसार टिकट विक्रि अन्तिम चरणमा पुगेको छ ।

'यो हप्ताभरीमा सबै टिकट सकिन्छ । ६०-७० वटा जति टिकट बाँकी छ' रोशन कार्कीले भन्नुभयो-'नेपालीहरुको नयाँ बर्षको संघारमा हुन लागेको प्रदर्शन त्यसमाथि चलचित्रका नायक अनमोल नै जापान आउने भएपछि टिकट विक्रि छिटो सकिन लागेको हो । नेपाली चलचित्र प्रती यहाँ रहेका नेपालीहरुले देखाएको यो उत्साहले हामी थप हौसिएका छौं ।'

नेपालीहरुको नयाँ बर्ष २०७३ को अवसरमा आयोजित चलचित्र प्रदर्शन नेपालीहरुबिच भेटघाट र शुभकामना आदान प्रदान गर्ने अवसर समेत भएको भन्दै आयोजकले चलचित्र हेर्न चाहने नेपालीहरुमा जतिसक्दो छिटो टिकट काट्न आग्रह गरेको छ ।

अन्तिम समयमा टिकट काट्ने क्रम बढेकाले त्यसले व्यवस्थापन र हेर्ने व्यक्तिलाई समेत असहज हुने भएको भन्दै मात्र तीन हजार जापानी ऐन तोकिएको टिकट लिन फोन नम्वर समेत सार्वजनिक गरिएको छ ।

नागोयामा चलचित्र ड्रिम्स हिमाशी बुन्का स्योउगेकिज्योउमा प्रदर्शन गरिँदैछ । नागोया डोमे मे यादा स्टेशनबाट हिँडेर मात्र ५ मिनेटमा पुगिने यो ठाउँ मेइजि लाईनको १ नम्वर एक्जिटबाट निक्लनुपर्ने छ ।
नायोगामा अप्रिल १७ तारिखका दिन साँझ ६ बजे चलचित्र प्रदर्शन हुनेछ ।

साम्राज्यलक्ष्मि शाह र अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र हाल नेपालमा सफल रुपमा दोश्रो हप्तामा प्रदर्शन भइरहेको छ ।

राजधानी टोकियोको लागि टिकट बुकिंगको लागि सम्पर्क
प्रल्हाद सिंह महत  - ०७०-१३६८-९९२२
सरोज कुमार खत्री - ०८०-५६७२-४६४७
रोमियो मानन्धर   - ०८०-३०५५-८२२२

नागोयाको लागि सम्पर्क
रोशन कार्की : ०८०-९११३-३५७९

जापानमा ड्रिम्स प्रदर्शनको महिना दिन अघि नै बुक !