जुनेली रातमा मायालु साथमा हुँदा युवराजको भोक निन्द्रा हरायो (भिडियो सहित)

Posted on: March 09, 2017 | views: 705

काठमाडौं ।
चर्चित लोक दोहोरी गायक युवराज आचार्यले जुनेली रातमा आफ्नी मायालु साथमा हुँदा भोक निन्द्रा हराएको बताएका छन् ।

तर तपाईलाई पहिले नै भनिहालौं यो गायक जिवनको वास्तविक प्रेम कथा भन्दा पनि नयाँ लोकदोहोरी गितभित्रको कथा हो ।

नौलो मायाँ बोलको नयाँ म्युजिक भिडियो दुई दिनमात्र युट्युव मार्फत सार्वजनिक गरेका गायक आचार्यलाई गितमा साथ दिएकी छिन् लोकप्रिय गायिका देवि घर्तीले ।



नौलो मायाँ पाएपछि संसार भुलेको नव प्रेमिल जोडिको कथा र भावना समेटिएको गित फास्ट ट्र्याकमा गाइएको छ ।

जसमा नृत्य र गितको तालले नाचौं नाचौं बनाएको उत्कृष्ठ शब्द संयोजनमा साथ दिंदै आर अडियो म्युजिकले आफ्नो प्रस्तुतीको रुपमा गायक आचार्यलाई साथ दिएका छन् ।

जापान कर्मथलो बनाउँदै आएका प्रवासी लोक दोहोरी गायक युवराज आचार्यको यो गितलाई सेवा ग्रुप जापानले आफ्नो सगौरव प्रस्तुतीको रुपमा बजारमा ल्याएको छ ।



शब्द र संगित आफैंले भरेका युवराज आचार्यको यो गितमा शंकर बिसीसँगै पुर्णिमा श्रेष्ठ एवं ईश्वर कँडेल र रिना थापाले मोडलिंग नृत्य प्रस्तुत गरेका छन् ।

म्युजिक नेपाल मार्फत सार्वजनिक गितको सुन्दर भिडियो निर्माण राजेश घिमिरे र देवराज आचार्यले गरेका हुन् । यसैगरि नविन घर्ती मगरले भिडियो इडिटिंग गरेका हुन् भने शंकर बिसीको यसमा निर्देशन रहेको छ ।

भिडियो हेर्नुहोस्