दोधारा चाँदनीको उदाउदो नव कलाकार बादल थापा

Posted on: February 25, 2017 | views: 1830

पप्पु गुरुङ्, १४ फागुन, दोधारा चाँदनी । नेपाल को सुदुर्पिश्चम महाकाली अन्चल कञ्चनपुर जिल्ला दोधारा चादनी वडा नं. १०, कुतियाकवर मा २०५४ असार ४ गते जन्मिएका सुमधुर स्वर का धनी गायक बादल थापा हाल नेपाली संगित को क्षेत्र मा जुझारु भई कला क्षेत्रमा हामफालेका छन् । छिमेकी राष्ट्र भारत को नयाँ दिल्ली मा करिब ३ बर्ष संगित सिकेका हुन् । युवा गायक २ वर्ष अघि नेपाल को राजधानी छिरेका छन् ।  सानै देखि गायन मा रुचि भएका बादल संगित लाई नै आफ्नो जीवन ठानेर सांगेतिक क्षेत्र मा आफ्नो नाम र दाम कमाउन चाहान्छन् । नेपाली सांगेतिक क्षेत्र को उचाई लाई अझ थप उकास्ने उनको सोच रहेको छ् । नेपालको राजनितिक खिचा तानी जस्तै सांगेतिक क्षेत्र पनि चलिरहेको, कसरी बदनाम गर्ने ,आफ्नो स्वार्थ पूरा गर्ने कार्यको यस क्षेत्रमा ब्यापक रहेको गायक थापा बताउछन । तर जस्तो सुकै बिध्न बाधा भए पनि हाफु हरेस नखाई कसैको दवाव बिना स्वतन्त्र भई आफ्नो वास्तविक पहिचान को हक पाउने उनी दाबी गर्दछन । हाल सम्म गायक बादल ले नेपाली मन मा आफलाई रुझाउन भिजाउन  ६ दर्जन जति गित गाईसकेका छन बादल को सुरवाती गित “मन्मै बसि..., तिम्रो रङिन दुनिया..., चन्द्र जस्तै.... , कि दुर्गेस रेल मा...., जस्ता थुप्रै म्युजिक भिडियो बजारमा ल्याउनु साथै हाल गायक बादल थापाको सुमधुर आवाजमा “हार्ट टु हार्ट.....” बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । मदानी इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीत गितकार अर्जुन राज भण्डारीको नयाँ गिति संग्रह ‘हार्ट टु हार्ट’ बाट रहेको छ । फरक स्वादमा तयार भएको यस गीतमा गायक स्वयं थापाकै संगीत रहेको छ । भिडियोमा व्यस्त मोडल दुर्गेश थापाको जोडदार अभिनय रहेको छ, भने उनलाई रमेश र प्रितीले साथ दिएका छन् । भिडियोलाई क्रान्ति के सिले निर्देशन तथा सम्पादन गरेका छन् ।  भिडियोमा बिदुर पाण्डेको छायाङ्कन रहेको छ । भने भर्खरै बजारमा “म त शिव जि को फ्यान....” रिलिज गरेका छन । शिव जि को फ्यान मा शब्द संगीतकार तथा गायक सुरेश राना को रहेको छ, भने स्वर तथा  संगित पनि  सुरेश राना र गायक बादल थापा को रहेको छ । सिभ को फ्यान विशेष  शिवरात्री को अवसर पारि रिलिज गरेको र यस बाट आफूलाई निकै आशा रहेको उनी बताउछन । बादल लाई नेपाली सांगेतिकक क्षेत्र मा दरिलो पार्न उनका घर घरपरिवार ले निकै साथ दिएको थापा बताउछन् । आफुलाइै कला क्षेत्रमा चिनाउन सहयोग गर्ने चर्चित गायक तथा मोडेल दुर्गेस थापा र चर्चित मोडेल सनम कठायतहरुले निकै सहायोग गरेको गायक बादल थापा भन्छन । बादल थापाको स्वरले दोधारा चाँदनी मात्र नभई देशमा ख्याती कमाउन कुरामा उनका प्रशंसक ढुक्क छन् ।