हेमन्त शर्माले गाए हावाजस्तो गीत (भिडियो सहित)

Posted on: April 26, 2016 | views: 302

१ चैत, काठमाडौं ।
हेमन्त शर्माको स्वरमा यसपटक सौरमान र वर्षाको अभिनय पर्दामा देखिएको छ ।
चर्चित गायक हेमन्त शर्माको नेपाली सुुगम संगीतमा एउटा बेग्लै पहिचान छ । उनी हरेक गीतमा केहि न केहि नौलो प्रयोग गर्छन् । गायक शर्मा आफ्नै संगीतमा एउटा गीत सार्वजनिक गरेका छन् । मुना ढकाल बस्नेतको शब्द रचना रहेको ‘हावा जस्तै उडी उडी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

हेमन्त शर्माको स्वर तथा संगीत रहेको यो गीतमा कृष्ण बिसिको संगीत संयोजन रहेको छ। सञ्जित श्रेष्ठको छायाँकन, निशान घिमिरेको सम्पादनमा शर्माको फिललाई पर्दामा उतारेका छन् निर्देशक निकेश खड्काले ।