एसएसपी रमेश खरेलले भने-'चाहिँदैन मलाई तोपको सम्मान र सलामी'(भिडियो सहित)

Posted on: May 03, 2016 | views: 967

१ चैत, टोक्यो ।
एसएसपी रमेश खरेल नेपाल प्रहरीमा निश्कलंकित र आफैंमा गर्विलो नाम हो ।

गुण्डागर्दी देखी अपराध गर्नेहरुको सात्तो खाने उनै एसएसपी रमेश खरेल चर्चित गितकार नारायण कँडेलको एक राष्ट्रिय गितमा देखा परेका छन् ।

आफ्नै भाव जस्तो गित पाएको भन्दै गितकार कँडेलको भिडियोमा अभिनय गरेका खरेलको यो गित बहुप्रतिक्षित 'सलामी' एल्बममा समेटिएको छ ।

आइतबार बाट बजारमा आएको एल्बमको कभर गितको रुपमा समेत रहेको देश प्रेम र प्रवासि नेपाली भावना समेत समेटिएको यो गितमा चर्चित संगितकार अर्जुन पोखरेलको संगित, लोकप्रिय गायक प्रमोद खरेलको आवाज रहेको छ ।


पुष्पाञ्जली म्युजिक मार्फत बजारमा आएको गितको म्युजिक भिडियो सशान कँडेल ले निर्देशन गरेका छन भने निसान घिमिरेको सम्पादन रहेको छ ।

यस्तो बनेको छ भिडियो हेर्नुहोस् ।


गितकार नारायण कँडेल र उहाँका यसअघिका रचना र गितहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

'दोहोरी गित फोहोरी हुन थाल्यो'-गितकार कँडेल'