म्युजिक भिडियोमा केपी ओली

Posted on: December 28, 2016 | views: 719

काठमाडौं- पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली म्युजिक भिडियोमा देखिने भएका छन् । एमाले पार्टी कार्यालय धुम्बाराहीमा राष्ट्रिय गितको म्युजिक भिडियोमा ओलीले अभिनय गरेका हुन् । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई म्युजिक गीतको अभिनयमा रिपोर्टस क्लवका अध्यक्ष ऋषि धमालाले साथ दिएका छन्। त्यस्तै ओलीमाथि फिल्म बन्ने पनि घोषणा गरिएको थियो । केपी ओलीको बाल्यकालदेखि हालसम्मको जीवनलाई प्रस्तुत फिल्म ‘रातो सूर्य’को घोषणा समते गरिएको छ । फिल्मलाई दीपेन्द्र प्रसाद दाहालले लेखिरहेका छन् भने उनैले निर्देशन गर्नेछन् ।

यसअघि झापाको सुखानी काण्डमाथि ‘सुखानी’, विपी कोइरालामाथि वृत्तचित्रलगायत निर्देशन गरेका दाहालले ओलीमाथि फिल्म बनाउने उद्देश्यले सात वर्षदेखि अनुसन्धान गरिरहेको दाबी गरेका छन् । । उनको भनाइमा ओलीको बाल्यकालदेखि हालसम्मका यथार्थ घटना देखाइने छ ।  फिल्म बने पनि त्यसमा ओलीले अभियन गर्ने नगर्ने विषय टुङ्गो लागेको छैन्।