'के म तिम्रो होइन र' को 'फस्टलुक' सार्वजनिक (भिडियो)

Posted on: May 01, 2016 | views: 491

२६ फागुन, काठमाडौं ।
नेपाली चलचित्र उद्योगमा अहिलेसम्मकै सर्वाधिक व्यापार गर्न सफल चलचित्र कोहिनुर निर्देशन गरेका आकाश अधिकारीको अर्को चलचित्र के म तिम्रो होइन र को फस्टलुक सार्वजनिक भएको छ ।

फस्टलुक र अडियो एकसाथ सार्वजनिक गरेका अधिकारीले नै के म तिम्रो होइन र चलचित्रको कथा लेखेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा फस्टलुक राखेर सार्वजनिक गर्दै निर्देशक अधिकारीले चलचित्र कोहिनूर पछि "के म तिम्रो होइन र" लियर आउँदै छु, तेही माया र साथको अपेक्ष पनि गरेको छु । नयाँ जोडी आर्यन अधिकारी र मरिश्का पोखरेलको Romance र Action बाट भरपुर मनोरन्जन दिने प्रयास गरेको छु । enjoy the first look of movie "के म तिम्रो होइन र" (Ke Ma Timro Hoina Ra) सार्वजनिक प्रदर्शन बैशाख ३१ गते । (Releasing on 13th May 2016) लेखेका छन् ।

मरीस्का पोखरेल र आर्यान अधिकारीको पहिलो डेब्यु चलचित्रको फस्टलुक बलिउड चलचित्रको पोष्टर शैलिमा देखाईएको छ ।

चलचित्रलाई अधिकारी ब्रदर्श पिक्चर्स को व्यानरमा, सुनिल अधिकारी र सञ्जिब भट्ट सह निर्माता रहेको  ‘के म तिम्रो होईन र’ चलचित्रको फस्टलुक सँगै अडियो जुकबक्स पनि सार्वजनिक गरिएको छ ।

ke ma timro hoina ra1ke ma timro hoina ra

चलचित्रमा तीन वटा गीत रहेपनि जुकबक्समा दुई वटा मात्र राखीएको छ । फिल्म ‘के म तिम्रो होईन र’ मा मरीस्का पोखरेल र आर्यन अधिकारीको साथै मिथिला शर्मा, गौरी मल्ल,बिनोद केसि,रमेश अधिकारी,सबिना गोपाली,आकाश बाबु खवास,सुरेन बसेल, प्रज्वल सुजल गीरी लगाएत कलाकारहरुको अभिनय रहेको छ ।

याम थापाको संवाद र नवराज कृष्ण थापाको छायांकन रहेको चलचित्र प्रदर्शन मे १३ तारिखबाट प्रदर्शनमा आउनसक्ने निर्देशक अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।