भद्रगोल पुन प्रशारण हुने

Posted on: May 01, 2016 | views: 310

२५ फागुन, काठमाडौं ।
विगत केहि समय देखि प्रशारण बन्द भएको लोकप्रिय हाँस्य टेलिश्रृंखला भद्रगोल आगामी शुक्रबारबाट पुनः प्रशारण हुने भएको छ ।

केहि समय देखि उक्त श्रृंखला लगायत अन्य हाँस्यश्रृंखलाहरु पनि बन्द भएका थिए ।

अब नियमित रुपमा पहिलेकै जसरी प्रशारण हुन लागेको भद्रगोलका निर्माता सुवास कार्की 'वेलासे' ले जानकारी दिएका छन् ।

विगत २ वर्ष देखि भद्रगोल नेपाल टेलिभिजनबाट प्रशारण हुदै आएको थियो । यसले छोटै समयमा निकै लोकप्रियता कमाएको थियो ।

अब पुरानै समयमा भद्रगोल प्रशारण हुने पनि निर्माता कार्कीको भनाई छ ।