रेखा थापाले पाँचथरमा आएर चुनाव लड्न चाहेको भन्दै भोट मागेपछि

Posted on: September 25, 2016 | views: 563


९ असोज, पाँचथर ।
रेखा  थापाले पाँचथरमा राजनितिक गर्ने इच्छा ब्यक्त गरिन ।
नेपाली फिल्मी नाइका रेखा थापाले पाँचथरको फिदिममा हजारौ दर्शकहरुलाई शनिबार जुरुक जुरुक नचाएकी छन् ।

अल्फा ओमेगा टेनिङ सेन्टरको आयोजनामा एकै परिवारको पाँच अपाङ 'फरक क्षमता भएका' को सहयोगार्थ आयोजित बृहत सास्कृतिक कार्यक्रममा उनले पाँचथरको हजारौ दर्शकहरुलाई मन जितेर उनको नृत्यबाट दर्शकहरुलाई समेत नचाएकी छन् ।

सो कार्यक्रममा पाँचथरबाट गायन क्षेत्रमा चर्चामा पुगेका डेबिड शंकरले  आफ्ना बिभिन्न एलबम्बहरुको गीत गाएका थिए । अन्य  राष्ट्यि तथा स्थानिय कलाकारहरुले बेजोडका साथ नृत्य तथा गायन गरेका थिए ।

नेपाली नायिका रेखा थापाले सम्पुर्ण महिला दिदी बहिनीहरुलाई स्वभिमानी बन्न आग्रह गरेकी छन् भने पुरुष दाजुभाईहरुलाई महिलालाई सम्मान गर्न आग्रहसमेत गरेकी छन् ।

रेखा थापाको सांगितिक कार्यक्रम मनपराएर भेला भएका पाँचथरका हजारै दर्शक माझ आफु राजनितीकमा आउने चाहाना ब्यक्त गरेकी थिइन । उनले दर्शकहरुलाई आफु निर्बाचन लडेमा भोट दिनुहुन्छ भनि जिज्ञासा राखेकी थिइन ।

रेखाले आफुलाई नायिका भन्दा अर्को कुन भुमीकामा आफुलाई देख्न रुचाउनु हुन्छ भनि दर्शकसंग प्रश्न गर्दा दर्शकहरुले कलाकार नायीका नै भएको हेर्न चाहाना भएको हुटिङ गरिरहेका थिए ।