६० हजारले हेरेपछि कबड्डी कबड्डी यु ट्युबबाट हट्यो, निर्मातालाई तनाव

Posted on: May 03, 2016 | views: 779

२३ फागुन, काठमाडौं ।
विभिन्न देशमा प्रदर्शन हुन बाँकी रहेकै अवस्थामा चलचित्र कबड्डी कबड्डी युट्युव मार्फत सार्वजनिक भएको छ ।

करिव ६० हजार पटक हेरिएपछि चलचित्र निर्माताले प्रतिलिपि अधिकार दावि गरेपछि युट्युवले त्यसलाई हटाइदिएको छ ।

प्राय बिदेशमा प्रदर्शन गर्न दिएको अवस्थामा कपि प्रिन्ट हुनेगरेको खवरहरु आइरहँदा चलचित्र कबड्डी कबड्डी लिक हुन पुगेको हो ।

यसअघि चलचित्र ६ एकान ६ भने नेपालमै हलमा खिचेर एक युवाले युट्युवमा राखिदिंदा पछि हटाएर निर्माता दिपकराज गिरिले माफि दिएका थिए ।

३ महिना अघि मात्रै प्रदर्शनमा आएर राम्रो ब्यापार गरेको चलचित्र कबड्डी कबड्डीको ओरजिनल प्रिन्टनै यु टुयुबमा लिक भएपछि फिल्मको युनिट लाइ तनाब भएको छ ।

फिल्म कै निर्माण पक्षले कोरीयामा बिदेश प्रदर्शनको लागि पठाएको भिडियो लिक भएको भन्ने प्रारम्भीक जानकारी आएको बताएको छ ।

तर को बाट कसरी फिल्म लिक भयो यकिन भने भइ नसकेको फिल्मको निर्माण पक्षले जानकारी गराएका छन ।


आइतबार बिहान ११ बजेसम्ममा ५१ हजार पटक युट्युवमा हेरिसकिएको चलचित्र १ बजेको समयतिर हटाइएको पाइएको छ ।