नेपालमा ड्रिम्स चम्कंदा जापानमा पर्खाइ बढ्यो

Posted on: May 03, 2016 | views: 1094

मदन पाठक २३ फागुन, टोक्यो ।
अनमोल केसी अभिनित चलचित्र ड्रिम्सले नेपालमा प्रदर्शनको पहिलो दिन शुक्रबार र शनिबार नसोचिएको व्यापार गरेको छ ।

भारतीय चलचित्रलाई समेत हलबाट हटाउन बाध्य बनाएको चलचित्र ड्रिम्सले दुई दिनमा कम्तिमा २ करोडको व्यापार गरेको छ ।

नेपालमा चलचित्र ड्रिम्सको आक्रामक व्यापार देखेपछि जापानमा प्रदर्शनको अधिकार र तयारी गरिरहेकाहरु थप उत्हाहि बनेका छन् । सँगै जापानमा रहेका नेपालीहरु समेत उनको चलचित्र प्रदर्शनको मिति कुरेर बसिरहेका छन् ।

ड्रिम्स प्रदर्शन भएका चलचित्र घरहरुमा नेपालमा टिकट अग्रिम बुकिगं भएजस्तै जापानमा समेत नेपालमा चलचित्र प्रदर्शन भएपनि बुकिगंको लागि खवर आउन थालेको बताइएको छ ।

जापानको राजधानी टोक्यो, नागोया लगायत स्थानमा प्रदर्शन गरिने तय भइसकेको चलचित्र टोक्योमा १० अप्रिलमा प्रदर्शन गरिँदै छ ।

दुई दिनको व्यापारले नै सावाँ र नाफा समेत दिएपछि झनै उत्साही बनेका अनमोलका पिता भूवन केसीलाई यतीबेला हलहरु पुग्न भ्याइनभ्याइ भएको छ ।

आफ्नो पहिलो निर्देशनको चलचित्र सुपरहिटको बाटो पछ्याउँदै गर्दा चलचित्र प्रदर्शनको अवस्था बुझ्न भूवन अनमोलसँगै शनिवार काठमाडौंका विभिन्न हलहरुमा पुगेका छन् ।

रोचक कुरा के भने भारतीय चलचित्रलाई नेपाल प्रर्दशनमा करोडौं खर्चेर ल्याउने हल मालिकहरु समेत यसपटक रन्थनिएका छन् । प्रियंका चोपडा अभिनित जय गंगाजल ड्रिम्सको भिड थाम्न नसक्दा दर्शक नै नपाएर गोपीकृष्ण हलबाटै निकालिएको छ ।

मल्टिफ्लेक्स हलहरुमा एक दिन अगावै टिक बुकिङ हुँदा उत्साही बनेका अनमोल नेपाली चलचित्र उद्योगमा मात्र ३ वटा चलचित्रबाट यतिधेरै लोकप्रिय बन्ने कम उमेरका पहिलो नायक बनेका छन् ।

साम्राज्यलक्ष्मि शाह र अनमोल केसीको मुख्य भूमिका रहेपनि चर्चा र लोकप्रियता अनमोलको मात्र चुलिनुमा उनको चकलेटी क्रेजलाई हेरिएको छ ।

शुक्रबार बाटै प्रर्दशन थालेको चलचित्र‘फूलैफूलको मौसम तिमीलाई ले समेत ड्रिम्स प्रदर्शनको मार खेप्नु परेको छ ।

ड्रिम्सका कारण चलेको हलहरुमा समेत कम दर्शक पाउँदा फुलै फुलको मौसम तिमिलाई टिमलाई चलचित्र प्रदर्शन जुधाउनु घात बन्न पुगेको छ ।

आफ्नो उमेरमा चलचित्रमा सुपरस्टारकै छवि बनाएका भूवनको पहिलो निर्देशन रहेको ड्रिम्स सफलतामा कथा सामिप्य तिमिल्सिनाले दिएका हुन् ।