एकसाथ दुई गित ल्याएका सुरेश भिडियो तयार पार्दै

Posted on: May 03, 2016 | views: 544

१८ फागुन, काठमाडौं ।
रचनाकार सुरेश सिंखडाले एकसाथ दुई आधुनिक गित बजारमा ल्याएका छन् । लोकप्रिय गायक स्वरुपराज आचार्यको स्वरमा सजिएको गित बजारमा ल्याएका सुरेश भिडियोको तयारीमा जुटेका छन् ।

यसै साता गित बजारमा ल्याएका सिंखडा गित राम्रो भएको भन्दै सबैठाउँबाट प्रतिक्रिया पाएपछि भिडियोको तयारीमा जुटेको बताउँछन् ।

'कर्मले म पर्यटन व्यवसायमा छु'-सुरेश भन्छन्-'तर साहित्यमा लागिरहेको र संगित तर्फ पहिलो खुट्कीलो भएकाले सबैको साथ, सहयोग र प्रतिक्रियाको आशमा छु ।'

दिल दुखेको दिन कति रोएं आँशुको मात्र नाप्न सकिन...मायाको घर जल्यो जलि रह्यो, आगो ताप्न सकिन बोलको पहिलो र भेटिएला बरु हराएको हिरा नदुख्ला हृदय भएनि चिरा बोलको दुवै गितमा सुरेशले रचना भरेका छन् । गितमा बिरेन्द्र गुरुगंले संगित भरेका छन् भने स्वरुपराज आचार्यको स्वर रहेको छ ।

भिडियो निर्माणको तयारीमा रहेका सुरेशको दुवै आधुनिक गितको भिडियो दुईसाता भित्र युट्युवमा हेर्न सकिनेछ ।